6 years ago
February 22, 2020
पर्वत (हाम्रो खेलकुद) – विभागीय नेपाल एपिएफ क्लबकी ओपन स्पाइकर सरस्वती चौधरी चौथो संस्करणको दिदी बहिनी कप खुल्ला महिला राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडी घोषित भएकी छन् ।

उनले एपिएफलाई शनिबार दिदी बहिनी कपको उपाधि दिलाउन महत्वपुर्ण भुमिका निभाएकी थिइन् । सर्वाेत्कृष्ट खेलाडी बनेसँगै सरस्वतीले १० हजार रुपैया प्राप्त गरेकी छिन् । व्यक्तिगत विधातर्फ एपिएफकी निरुता ठगुन्ना उत्कृष्ट स्पाइकर चुनिइन् ।
पुलिसकी कमाला पुन उत्कृष्ट सेटर र पुलिसकै कोपिला राना उत्कृष्ट ब्लकर घोषित भइन् । डायमन्डकी पनामिका राई उत्कृष्ट सर्भर तथा डायमन्डकै सलिना श्रेष्ठ उत्कृष्ट लिवेरो चुनिइन् । एपिएफका महेश चौधरी उत्कृष्ट प्रशिक्षक चुनिए । व्यक्तिगत विधाका सबै विजेताले जनही ५ हजार रुपैया हात पारे ।

शनिबार एपिएफले पुलिसलाई ३–१ को सेटमा पराजित गर्दै उपाधि जित्न सफल भएको थियो । शनिबारै होङ्ग्वान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै तेस्रो स्थान हासिल गरेको थियो । च्याम्पियन एपिएफले २ लाख रुपैया प्राप्त ग¥यो । दोस्रो भएको पुलिसले १ लाख तथा तेस्रो भएको डायमन्डले ५० हजार रुपैया हात पार्यो ।
गत बुधबार देखि पर्वत बेनीमा शुरु भएको प्रतियोगितामा ५ टोलीले लिग कम नकआउटका आधारमा प्रतिस्पर्धा गरेका थिए ।
सर्वाेत्कृष्ट खेलाडी
सरस्वती चौधरी (एपिएफ)
उत्कृष्ट खेलाडी
सर्भर – पनामिका राई (डायमन्ड)
सेटर – कमला पुन (पुलिस)
ब्लकर – कोपिला राना (पुलिस)
लिबेरो – सलिना श्रेष्ठ (डायमन्ड)
स्पाइकर – निरुता ठगुन्ना (एपिएफ)
प्रशिक्षक – महेश चौधरी (एपिएफ)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]