default_image

6 years ago

February 22, 2020

राइनासकोटमा रेस्लिङ

100 views

0 Bookmark

लमजुङ (हाम्रो खेलकुद) – लमजुङमा भ्रमण वर्ष– २०२० लाई सफल बनाउन सहयोग गर्ने उद्देश्यका साथ ग्रामीण पर्यटकीय केन्द्र राइनासकोटमा रेस्लिङ प्रतियोगिता गरिएको छ ।

राइनास नगरपालिकाको आयोजना हिमालयल टाइगर र शंकर स्पोर्टर्स क्लबको व्यवस्थापनमा शिवरात्रीका अवसरमा उक्त प्रतियोगिता गरिएको हो । प्रतियोगितामा अस्ट्रेलिया, जापान, भारत र नेपालका गरी १० जनाले भाग लिएका थिए । प्रतियोगितामा दुई वटा महिला र पुरुषका सो म्याच, पाँच वटा सिंगल र दुई वटा संयुक्त प्रतियोगिता गरिएको रेस्लर भरत विसुरालले (हिमालय टाइगर) ले जानकारी गराए ।

लमजुङ निवासी रेस्लर विसुरालले यो खेल मूलतः भ्रमण वर्षलाई सफल बनाउने उद्देश्यले आयोजना गरिएको बताए । रेस्लिङका लागि प्रतिव्यक्ति दुई सयको टिकट दर राखिएको थियो । टिकटबाट ६० हजार रुपैयाँ संकलन भएको राइनास नगरपालिकाले जनाएको छ । प्रतियोगितामा सहभागिताका लागि अष्ट्रेलियाबाट हाइपोनोटिक क्रिस ट्रान्स, जापानबाट फुगोफुगो युमैजी र भारतबाट वालिया नास्की आएका थिए ।

नेपालबाट हिमालय टाइगरका साथै संगीता जिरेल, जमुना तामाङ, युनिका र जुरेलीले भाग लिएको हिमालय टाइगरले बताए । रेस्लिङ खेलका सहभागीहरूलाई प्रोत्साहन स्वरुप नगरपालिकाले १०–१० हजार रुपैयाँ प्रदान गरिएको राइनास नगरपालिकाका मेयर सिंहबहादुर थापाले बताए ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.