default_image

6 years ago

February 22, 2020

सेनाको आयोजनमा ठाकुरद्धारामा हाफ म्याराथन

127 views

0 Bookmark

नेपालगन्ज (हाम्रो खेलकुद)- बाँके बर्दियाको पर्यटनलाई सघाउने उद्देश्यले नेपाली सेनाले पर्यटकीय गन्तव्य बर्दियाको ठाकुरद्धारामा प्रकृति संरक्षण हाफ म्याराथन भव्य आयोजना गरेको छ ।

नेपाल पर्यटन बर्ष २०२० लाई टेवा पुराउने हेतुका साथ सेना दिवसको अवसर पारी शनिबार आयोजना भएको हाफ म्याराथनमा नेपाली सेनाका खगेन्द्र भाट प्रथम भए । उनले २१ किलोमिटर दुरी एक घण्टा ५ मिनेट ४८ सेकेन्डमा पुरा गर्दै ५० हजार नगद प्राप्त गरे ।

सेनाकै जितेन्द्र दनुवार द्धितीय र सुवास कार्की तृतीय भए । जितेन्द्रले एक घण्टा सात मिनेट दुई सेकन्ड तथा सुवासले १ घण्टा ७ मिनेट र ४ सेकेन्डमा दौड पुरा गरेका थिए । उनीहरुले क्रमश ३० हजार र २० हजार नगदबाट पुरस्कृत भए ।


सेना र नागरिकबीच सम्बन्ध बिस्तार गर्ने हाफ म्याराथन आयोजना गरिएको आयोजक श्री ४ नम्बर बाहिनी अड्डा बाँकेका बाहिनीपति सहायक रथी सुरेशकुमार बानियाले जानकारी दिए ।

‘नेपाली सेना अहिले समुदायमा कसरी सहयोगीको रुपमा अघि बढिरहेको छ र आगामी दिनमा अझै कसरी अघि बढ्न आवश्यक छ भन्ने कुरालाई आम नागरिकमाझ स्थापित गर्न यो कार्यक्रम आयोजना गरेका हौं ,’ सहायक रथी बानियाले भने–‘यसका साथै प्रकृति संरक्षणका क्षेत्रमा सेना गम्भीर छ, साथै सरकारले तय गरेको भ्रमण बर्षलाई सघाउन सेना तल्लीन छ भन्ने सन्देश दिन पनि यो कार्यक्रम राखेका हौं ।’

बर्दिया निकुञ्ज सुरक्षार्थ शिव दल गणको आतिथ्यतामा भएको प्रकृति  संरक्षण हाफ म्याराथन अन्तर्गत समावेश १० किलोमिटर पुरुष दौडमा नन्दनाथ योगी, माधवकुमार चौधरी र ओमप्रसाद रोकाय तथा महिलातर्फ शिवकुमारी थारु, अन्जु थारु र कञ्चन चौधरी क्रमशः पहिलो, दोस्रो र तेस्रो स्थान हासिल गरे । उनीहरुले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगद प्राप्त गरे ।

त्यस्तै ५० बर्षमाथिका उमेरसमुहको ५ किलोमिटर दौडमा पठनिया थारु, चक्र बहादुर थारु र नारायण पाण्डे शीर्ष तीन स्थान हासिल गर्दा पाँच हजार, तीन हजार र दुई हजार नगदबाट पुरस्कृत भए । यसै अवसरमा साइकल दौड पनि आयोजना गरिएको नेपाली सेनाले जनाएको छ ।

बिभिन्न विधाका विजयी खेलाडीहरुलाई बाँके जिल्लाका मुख्य न्यायधिस खडानन्द तिवारी, बर्दिया जिल्लाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछाने, मधुवन नगरपालिकाका मेयर कृष्ण केसी, ठाकुरबाबा नगरपालिका मेयर धननारायण श्रेष्ठ, बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन अननाथ बराल, लक्ष्मी बैंकका प्रबन्धक सिद्ध भण्डारी लगायतले पुरस्कृत गरेका थिए ।

प्रतियोगितामा स्थानीय नागरिक, विद्यार्थी र सेनाका अधिकृत तथा जवान गरी करिब ४०० जनाको सहभागिता रहेको थियो । कार्यक्रममा बर्दिया राष्ट्रिय निकुञ्ज, मध्यवर्ती क्षेत्र व्यवस्थापन समिति, राष्ट्रिय प्रकृति संरक्षण कोष, ठाकुरबाबा, मधुवन, राजापुर, नगरपालिका, पर्यटन विकास मञ्च लगायत २५ वटा संघसंस्थालाई सम्मानपत्र प्रदान गरिएको थियो ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.