6 years ago
March 7, 2020
काठमाडौं (हाम्रो खेलकुद) – तेस्रो एसियाली जुनियर एथलेटिक्स च्याम्पियन अजितकुमार यावदले दा्रो मदन भण्डारी स्मृति ठमेल रोड रेसको उपाधि जितेका छन् । महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई विजयी भएकी छिन् ।

नेपाल एपिएफ क्लबका अजितले शनिबार निर्धारित ५ किलोमिटर दूरी १६ मिनेट १४.०१ सेकेन्डमा पुरा गर्दै उपाधि जितेका हुन् । प्रकाशसिंह ऐरी (१६ मिनेट ५४.०७ सेकेन्ड) दोश्रो तथा सन्तोषनाथ योगी (१७ मिनेट १२.०९ सेकेन्ड) तेश्रो भए ।
राजपुराले सोही दुरी १८ मिनेट २३.८९ सेकेन्डमा पुरा गरिन् । सकुन्तला ठगुन्ना (२० मिनेट ५५.३८ सेकेन्ड) दोश्रो तथा अन्ना म्याकेर्डन (२३ मिनेट १५.४० सेकेन्ड) तेश्रो भइन् । दुवैतर्फका विजेताले २५ हजार, दोश्रोले १२ हजार र तेश्रोले ८ हजार रुपैयाँ प्राप्त गरे ।
स्कुलतर्फ ब्वाइजमा नारायणकुमार कुश्वा पहिलो, ईश्वर बस्नेत दोश्रो तथा अजय तामाङ तेश्रो भए । सउक्त स्पर्धाको गल्र्समा स्वस्तिका बोहरा, सुनिता श्रेष्ठ र अन्जु खड्काले क्रमशः शीर्ष तीन स्थानमा दौड पूरा गरे । ब्वाइज/गल्र्स दुवैका शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १५ हजार, ८ हजार र ५ हजार रुपैयाँ प्राप्त गरे ।

पुरुष भेट्रानमा धर्म महर्जन पहिलो, भीमबहादुर गुरुङ दोश्रो र राजु भण्डारी तेश्रो बने । शीर्ष तीन स्थान हात पार्नेले क्रमशः १० हजार, ५ हजार र ३ हजार नगद पुरस्कार प्राप्त गरे । बाँकी तीन स्पर्धाको दूरी पनि ५ किलोमिटर रहेको थियो ।
विजेतालाई राष्ट्रिय खेलकुद परिषद्का पूर्व सदस्य–सचिव एवं प्रदेश सांसद् केशव स्थापित, मदन भण्डारी स्पोट्र्स एकेडेमीका महासचिव वचन देउजा, सचिव ओमकृष्ण प्रसाईंलगायतले पुरस्कृत गरे । सोही अवसरमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत एथलेटिक्सको महिला १० हजार मिटर दौडकी स्वर्ण विजेता सन्तोषी श्रेष्ठलाई २५ हजार रुपैयाँसहित सम्मान गरियो ।
मदन भण्डारी स्पोट्र्स एकेडेमी र रन क्लब नेपालद्वारा संयुक्त आयोजित प्रतियोगितामा झन्डै ४ सय खेलाडीको सहभागिता रहेको रन क्लबका अध्यक्ष सन्तोष श्रेष्ठले जनाए ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]