6 years ago
March 9, 2020
काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय टोलीका सदस्य विपना ब्लोन पशुपति रोड क्यारियर (पिआरसी) ओपन स्क्वास प्रतियोगिताको महिला एकलमा उपाधि जितेकी छन् ।

सातदोबाटोस्थित नेपाल स्क्वास राकेट्स संघको कोर्टमा सोमबार भएको लिग राउन्डको अन्तिम खेलमा अस्मिता नगरकोटीलाई ३-० को सोझो सेटमा पराजित गर्दै उपाध जित्न सफल भएकी हुन् । एकपक्षीय खेलमा विपनाले
अस्मितामाथि ११-२, ११-५ र ११-३ को सहज जित निकालेकी थिइन् ।
उत्कृष्ट प्रदर्शन गरिरहेकी विपनाले शनिबार राष्ट्रिय च्याम्पियन कृष्णा थापालाई पराजित गरेकी थिइन् । यस्तै पुरुष एकल खुल्ला र मास्टर्स खुल्लामा अाज नेपाल सेमिफाइनलको खेल भईरहेका छन् । दुवै फाइनल मंगलबार हुनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]