default_image

6 years ago

March 10, 2020

सागकी स्वर्ण विजेता अनुलाई श्रृष्टी स्कुलको सम्मान

217 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) स्वर्ण पदक विजेता अनु अधिकारीलाई उनी कार्यरत श्रृष्टी स्कुलले सम्मान गरेको छ । स्कुलले उनलाई १० हजार रुपैयाँसहित सम्मान पत्र प्रदान गरेको थियो ।

सोही अवसरमा प्रशिक्षण दिएका विधार्थीहरुको ग्रेडिङ पनि गरेको थियो । मंसिर १५ देखि २४ गते सम्म नेपालमा भएको १३ औं सागमा अनुले करातेको कुमुतेमा स्वर्ण पदक जितेकी थिइन् । यसै वर्ष जापानको टोकियोमा आयोजना हुने टोकियो ओलम्पिक २०२० को लागि अनु ओलम्पिक सोलिडारिटी कोर्समा छनोट भएकी छिन् । उनीसँगै नवीन रसाइली पनि प्रशिक्षणमा छन् । उनीहरुलाई दीपक श्रेष्ठले प्रशिक्षण दिइरहेका छन् ।

ओलम्पिक छनोटमा नवीनले ६७ केजी तौल समूहमा तथा अनुले ५५ केजीमा प्रतिस्पर्धा गर्नेछन् । यी दुई खेलाडीले फ्रान्समा आगामी मे ८ देखि १० सम्म हुने छनोट खेलमा प्रतिस्पर्धा गर्नेछन् । छनोट चरण पार गरे ओलम्पिकमा छनोट हुनेछ । छनोट नभएको अवस्थामा वाइल्ड कार्डको लागि नेपाल ओलम्पिक कमिटीबाट प्रयास भइसकेको बताइएको छ ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.