6 years ago
March 30, 2020
एजेन्सी – जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको मिति तय भएको छ । यो वर्ष आयोजना हुनुपर्ने ओलम्पिक विश्वव्यापी रुपमा कोरोना भाइरस कोभिड १९ महामारीका रुपमा देखिएपछि ओलम्पिक एक वर्षका लागि सारिएको थियो ।

नयाँ मिति अनुसार सन् २०२१ को जुलाई २३ देखि अगष्ट ८ सम्म आयोजना हुनेछ । अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) को सोमबार बसेको बोर्ड बैठकले मिति तय गरेको हो ।
ओलम्पिक अर्को वर्ष आयोजना हुने भएपनि त्यसको नाम भने टोकियो २०२० नै रहने यसअघि नै बताइएको थियो । त्यसै अनुसार पाराओम्पिक गेम्सको मिति पनि तय भएको छ । पारा ओलम्पिक अगष्ट २५ देखि सेप्टेम्बर ५ सम्म हुने पक्का भएको छ ।
अकल्पनिय चुनौतीबाट गुज्रनु परेको स्मरण गर्दै आइओसीका अध्यक्ष थोमस बाचले टोकियो २०२० को आयोजक समिति, टिकियो महानगरपालिका र जापान सरकारले ओलम्पिकका आयोजनाका लागि संयुक्त प्रयास गर्नेमा आफु विश्वस्त रहेको बताएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]