default_image

6 years ago

April 3, 2020

लकडाउन २ साता पुग्न लाग्दा राखेपको चासो

172 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – कोडिभ १९ का कारण सरकारले लकडाउन गरेको झन्डै २ साता पुग्न लाग्दा राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना खेलाडी, प्रशिक्षक, कर्मचारी र संघ संस्थाका पदाधिकारीको बारेमा चासो देखाएको छ ।

राखेपका प्रशासन विभागका प्रमुख कुलबहादुर थापाले लकडाउन भएको ११औं दिनमा आफ्ना मतहतका संघसंस्था तथा सम्पूर्ण कर्मचारी तथा परिवारजनको हालको अवस्था के कस्तो छ ? वुझि विवरण पेश गर्न तथा कुनै कठिनाई परेको खण्डमा सहयोग गर्नु,परिषद्बाट केही गर्नुपरेमा यथासिध्र जानकारी गराउन सबैका लागि अपिल गरेका छन् ।

राखेपले लकडाउनको अवस्थामा धैर्य, संमियमित भई संभव भई आफ्ना भौतिक पूर्वाधारमा वन्ने आइसोलेसन कक्षमा पुर्णरुपले सहयोग गर्नुहुन सबैमा अपिल गरेको छ । राखेपले लकडाउन अघि नै खेलकुदका सबै गतिविधि रोक्न सम्बन्धित सबैलाई निर्देशन दिएको थियो ।

सरकारले पहिलो पटक चैत ११ देखि १८ गते सम्म लकडाउन गरेको थियो भने दोस्रो पटक बढाएर चैत २५ गते सम्म पुर्याएको छ । नेपालमा अहिले सम्म ५ जना कोरोना भाइरस पोजेटिभ देखिएका छन् । विश्वव्यापी रुपमा यो महामारीले व्यापक असर गरिरहेको छ । विश्वमा ५० हजार भन्दा बढी यसका कारण मृत्यु भइसकेको छ भने १० लाख बढीमा संक्रमण देखिएको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.