default_image

5 years ago

April 8, 2020

नगरपालिका राहत कोषमा बागलुङ एन्फाको सहयोग

37 views

0 Bookmark

बागलुङ (हाम्रो खेलकुद) – बागलुङ जिल्ला फुटबल संघले बागलुङ नगरपालिकाद्वारा स्थापित विपत, राहत उद्दार कोषमा सहयोग गर्ने भएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को सम्भावित संक्रमणलाई रोक्नका लागि सरकारले लकडाउन गरेपछि दैनिक ज्याला मजदुरी गरि परिवार पाल्दै आएका मजदुर काम विहिन भएका छन् ।

त्यस्तो समस्या परेकाले उनीहरुलाई सहयोग पु¥याउने उद्देश्यले नगरपालिकाको राहत कोषमा सहयोग गर्ने निर्णय गरेको एन्फा बागलुङका अध्यक्ष रामराज गुरुङले जानकारी दिए । एन्फा बागलुङले नगरपालिकाको राहत कोषमा ११ हजार रुपैयाँ जम्मा गर्ने निर्णय गरेको कोषाध्यक्ष सुर्य लामिछानेले बताए ।

संघको कार्यसमितिको निर्णय अनुसार नै नगरपालिकाको राहत कोषमा सहयोग गर्ने निर्णय गरिएको जनाए । विपदको बेला एकद्वार प्रणालीबाट सहयोग गरेमा सवैलाई राहत पु¥याउन र ठूलो मात्रमा सहयोग पुग्ने भएकाले नगरपालिकाको कोषमा रकम जम्मा गर्ने निर्णय गरेको एन्फाले फुटबल संघले जनाएको छ ।

December 11, 2024

पौडीमा डुवानाको नयाँ राष्ट्रिय कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली पौडी खेलाडी डुवाना लामाले विश्व एक्वेटिक्स पौडी च्याम्पियनसिप (सर्ट कोर्स) मा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी छन् । हंगेरीको बुढापेस्टमा जारी प्रतियोगितामा डुवानाले महिला १ सय मिटर ब्रेस्टस्ट्रोक १ मिनेट १३.५० सेकेन्डमा पूरा गर्दै आफ्नै नाममा रहेका राष्ट्रिय कीर्तिमानमा सुधार गरेको नेपाल पौडी संघका अध्यक्ष जगतमान श्रेष्ठले बताएको राष्ट्रिय खेलकुद परिषद् […]

December 11, 2024

सूर्य नेपाल काठमाडौं ओपन -विष्णुलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल काठमाडौं ओपनको दोस्रो दिन बुधवार विष्णु प्रसाद शर्मा एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा उक्लिएका छन्। आज ४-अन्डर ६४ सहित समग्रमा ७-अन्डर १२९ को उत्कृष्ट नतिजामा विष्णुले साविक विजेता निरज तामाङलाई एक स्ट्रोकले पछि पारे। खुट्टाको चोटका बावजुद विष्णुले फ्रन्ट नाइनमा ५-अन्डर २९ को स्कोर निकाले। पहिलो, दोस्रो र सातौं होलमा […]

December 11, 2024

काभा क्लब च्याम्पियन्सिप – हेल्प नेपाल र क्लब एचडिसी भिड्ने

काठमाडौं (हाम्रो खेलकुद)- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपमा बुधवार लिग चरणका दुई खेल हुनेछन्। पहिलो खेलमा भारतको क्यालिकटले इरानको यु-१८ टोलीसँग प्रतिस्पर्धा गर्नेछ। त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषदको कभर्ड हलमा हुने खेलमा दाबेदार क्यालिकट दोस्रो जित निकाल्ने दाउमा हुनेछ। इरानको यु-१८ टोली लगातार तेस्रो जित दर्ज गर्न चाहन्छ। क्यालिकट पहिलो खरलमा नेपालको टिपटप हेल्प नेपालसँग पराजित […]

Success

Thank you for your time.