6 years ago
April 8, 2020
काठमाडौं (हाम्रो खेलकुद)– कोराना भाइरस कोभिड १९ ले विश्वभर महामारीको रुप लिइरहेकोले सम्भावित संक्रमणलाई फैलन नदिनका लागि सरकारले लकडाउन गरेको १६ दिन भइसकेको छ । वैशाख ३ गते सम्मका लागि सरकारले लकडाउन निरन्तर रहने घोषणा गरिसकेको छ ।

यस्तोमा नेपालमा लकडाउन अघिबाटै घरेलु खेलकुदका सबै गविविधि स्थगित भइसकेको थियो । यस्तो पृष्ठभूमिमा नेपाल ओलम्पिक कमिटी (एनआसी) ले अहिलेको परिस्थितले सृजना गरेका खेलकुदको अवस्था र आगामी रणनीतिका विषयमा सरोकारवालाहरुसँग छलफल सुरु गरेको छ ।
बुधबार भएको भिडियो कन्फ्रेन्समा ओलम्पिक २०२० अर्को वर्षका लागि सरेकोले अब नेपाली खेलाडीको तयारीका विषयमा पनि छलफल भएको थियो । एनओसीले अहिले खेलाडीको अवस्थाको लागत राख्नुपर्ने र कुनै खेलाडीलाई दैनिकी गुजाराको लागि समस्या रहेको भए सहयोगका लागि तयार रहनुपर्ने सहभागीहरुले सुझाव दिएका थिए ।
अहिलेको कठिन अवस्थामा सबैलाई आ आफ्नो घरमा रहेर व्यक्तिगत रुपमा अभ्यास निरन्तरता दिनुपर्नेमा छलफलमा जोड दिइएको थियो । सहभागी छलफलमा युवा तथा खेलकुद मन्त्रालय, राष्ट्रिय खेलकुद परिषद् र एनओसीका पदाधिकारीले संयुक्त रुपमा खेलाडीको मनोबल बढाउनका लागि सन्देश दिन पहल गर्न एनओसीलाई सुझाएका थिए ।

छलफलमा एनओसी अध्यक्ष जीवनराम श्रेष्ठ, महासचिव निलेन्द्रराज श्रेष्ठ, अन्य पदाधिकारी, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठ, ओलम्पियन दीपक विष्ट, डाक्टर सरोज श्रेष्ठ, खेलकुद पत्रकार भिडियो कन्फ्रेन्समा जोडिएका थिए ।
झन्डै २ घन्टा चलेको कन्फ्रेन्समा लकडाउनको समयलाई मध्यनजर गर्दै खेलाडीसँग सम्पर्क जोड्न सुचना आदनप्रदानका लागि एप्स निर्माणका लागि एनओसीले पहल गर्ने भएको छ । छलफलमा आएका सुझावलाई एनओसीले गम्भिरतापूर्वक लिने र आवश्यकता अनुसारको कदम चाल्ने वचन एनओसी अध्यक्ष श्रेष्ठले दिएका छन् ।
डक्टर श्रेष्ठले भने कुनै पनि हालतमा अहिले यो वा त्यो बाहनामा घर बाहिर निस्कन नहुने र संक्रमणबाट बच्नका लागि सबैले न्युनत्तम मापदण्डलाई मान्नुपर्नेमा जोड दिए । श्रेष्ठले खेलाडीहरुलाई कुनै पनि स्वास्थ्य सम्बन्धी समस्या भएमा आफुलाई सम्पर्क गर्न पनि सुझाएका छन् ।
एनओसीले यसअघि नै श्रेष्ठको संयोजकत्वमा खेलाडीको स्वास्थ्य समस्याको तथ्याङ्क राख्न र समाधानको प्रयासका लागि भन्दै एउटा टोली बनाएको थियो । कोरोना भाइरसका कारण विश्वमा ७० हजार भन्दा बढी मृत्यु भइसकेको छ भने १४ लाख भन्दा बढी संक्रमित भएका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]