default_image

6 years ago

April 15, 2020

एपिएफले खेलाडीलाई उपत्यका बाहिर खटाउने सम्भावना

250 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाल शसस्त्र प्रहरी बल (एपिएफ) ले कोरोना संक्रमण फैलिन नदिन जारी लकडाउनमा आफ्ना खेलाडीलाई संघिय राजधानी काठमाडौं बाहिर खटाउने सम्भावना रहेको छ ।

राजधानीमा खट्दै आएका खेलाडीलाई उपत्यका बाहिर पठाउने सम्भावना रहेको एपिएफका प्रवक्ता प्रविणकुमार श्रेष्ठले जानकारी दिए । एपिएफ क्लबमा ३ सय ५१ खेलाडी छन् । त्यसमध्ये ३० भने करार सम्झौतामा छन् भने बाँकी एपिएफको विभिन्न दर्जामा भर्ती रहेको बताइएको छ ।

कोरानो भाइरस कोभिड १९ को सम्भावित संक्रमण रोक्नका लागि सरकारले वैशाख १५ गते सम्मका लागि लकडाउनको घोषणा गरेको छ । सशस्त्रले भारतसँगको नाकामा सुरक्षा तैनाथका लागि खेलाडीसहितका अन्यलाई पठाउने सम्भावना रहेको प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

‘कतिपय खेलाडीले अहिले पनि ड्युटी गरिरहेका छन् । भारतीय नाकामा तैनाथ गर्न अब उपत्यका बाहिर पनि पठाउने पर्ने हुन सक्छ’, प्रवक्ता श्रेष्ठले भने, ‘भोली खेलाडीलगायत अन्यलाई डाकेका छौं । ’

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.