6 years ago
May 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल गल्फ संघको सहयोग र कास्की जिल्ला गल्फ संघको संयोजनमा पोखराको हिमालयन गल्फ कोर्षमा कार्यरत क्याडी र कोषका कर्मचारीलाई बुधबार सहयोग गरिएको छ ।

कोरोना भाइरस कोभिड १९ को संक्रमण फैलन नदिन सरकारले लकडाउन घोषणा गरेपछि आर्थिक अवस्था कमजोर भएकाहरुका लागि दैनिक जीवन यापनमा नै कठिन हुन थालेको छ । कठिन परिस्थितिलाई ध्यानमा राख्दै गल्फ संघले काठमाडौं पछि पोखराका क्याडीलाई खाद्यान्न सामाग्री उपलब्ध गराएको छ ।
कास्की गल्फका अध्यक्ष एलबी गुरुङले हिमालयन गल्फ कोर्षका क्याडी र कर्मचरी गरि ३७ जनालाई राहत हस्तान्तरण गरेका थिए । हरेकलाई साढे १२ केजी चामल, आधा केजी दाल, तेल एक प्याकेट, नुन एक किलो र चना एक कजी राहत स्वरुप उपलब्ध गराइएको थियो ।
गल्फ संघले सोमबार काठमाडौंमा ५२ क्याडीलाई राहत प्रदान गरेको थियो । नेपाल गल्फ संघका अध्यक्ष टासी घलेले धरानको गल्फ कोर्षमा कार्यरत क्याडीहरुलाई पनि राहत दिने योजना रहेको बताएका थिए ।
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]