5 years ago
May 9, 2020
एजेन्सी – कोरोना भाइरस कोभिड १९ संक्रमण रोक्नका लागि सरकारले लकडाउन गरेको ४५ दिन भन्दा बढी भइसकेको छ । यस्तो अवस्थामा समाजका रहेको विभिन्न व्यक्तिहरुलाई आर्थिक रुपमा पनि संकट पर्न थालेको छ ।
जसले उनीहरुको दैनिक जीवन कष्टकरण बन्न थालेको छ । यस्तो अवस्थामा खेलाडीहरुले आफ्नो तर्फबाट कठिनाईमा परेहरुलाई खाद्यान्न वितरण गर्दै आएका छन् ।
यस्तोमा नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान एवंम किरण चेम्जोङले शनिबार पशुपति क्षेत्रमा ३ सय जनालाई खाद्यान्न सामग्री वितरण गरेका छन् । आइसोटोनिक ड्रिंक हन्ड्रेड प्लसको तर्फबाट किरणले सामाग्री वितरण गरेका हुन् । किरण हन्ड्रेड प्लसका ब्रान्ड एम्बेसडर हुन् ।
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद)- पहिलो संस्करणको काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधि भारतको क्यालिकटले जितेको छ। घरेलु टोली नेपालको हेल्प नेपाल स्पोर्टस क्लबलाई ३-१ को सहज नतिजामा हराउँदै क्यालिकट उपाधि जित्न सफल भएको छ। क्यालिकटले लिग चरणको हारको बदला समेत लिएको छ। घरेलु टोली विरूद्ध सुरूवात राम्रो गर्यो। २५-२१ ले पहिलो सेट क्यालीकटले जित्यो। दोस्रो सेटमा […]
December 14, 2024
काठमाडौं (हाम्रो खेलकुद )- काभा मेन्स भलिबल क्लब च्याम्पियनसिपको उपाधिका लागि आज घरेलु टोली नेपालको टिपटप हेल्प नेपाल स्पोर्टस क्लब र भारतको क्यालिकट हिरोजबीच प्रतिस्पर्धा हुँदैछ। लिग चरणको प्रदर्शनको आधारमा हेल्प नेपाललाई बलियो मान्न सकिन्छ। उसले लिग चरणमा क्यालिकटलाई हराइसकेको छ। हिजो भएको सेमिफाइनलमा लिगको शीर्षस्थानमा रहेको इरान यु १८ लाई हराउँदै क्यालिकटले टोली कमजोर […]
December 13, 2024
काठमाडौं (हाम्रो खेलकुद )- नेपाल नम्बर एक एमेच्योर गल्फर सदभाव आचार्य सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। रोयल नेपाल गल्फ क्लबमा शुक्रवार ६-अन्डर ६२ को सानदार स्कोरमा सदभावले समग्रमा १५-अन्डर २५७ सहित उपाधि जिते । साविक विजेता प्रो निरज तामाङलाई दुई स्ट्रोकले हराउँदै प्रतियोगिताको रेकर्ड स्कोर सहित सदभावले करियरको चौथो उपाधि जितेका हुन्। उनले […]