default_image

4 years ago

May 17, 2020

करातेका सच्चा सारथी दीपक

प्रकाश तिमल्सिना, काठमाडौं कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् […]

67 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

कुनै बेला नेपालमा मार्सल आर्टस् प्रतिबन्धित थियो । समय क्रमसँगै त्यो प्रतिबन्ध फुकुवा भयो । प्रतिबन्ध फुकुवापछि मार्सल आर्ट्सका कतिपय खेल पछि आएर देशकै शान बन्लान् भन्ने कमैलाई लागेको थियो होला । मार्सल आर्ट्स एक सफल खेल हो कराते । इतिहास हेर्दा पनि त्यसको पुष्टी हुन्छ । करातेबाट नेपालले एसियाली खेलकुदको सन् १९९४ र १९९८ मा कास्य पदक जितेको थियो । १९९४ मा सीता राईले एसियाली खेलकुदमा नेपाललाई पहिलो पटक कास्य पदक जितेकी थिइन् भने त्यसको चार वर्षपछि समरबहादुर गोलेले त्यो सफलताई निरन्तरता दिएका थिए ।

सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग, तत्कालिन साफ) नेपाली मार्सल आर्ट्सका लागि इतिहासिक सफलता लिएर आएको थियो । आयोजकका नाताले नेपालले दुई खेल कराते र तेक्वान्दो आठौं सागमा समावेश गराएको थियो । जसको फाइदा लिन नेपाल सफल भयो । नेपालले ३१ (करातेमा १४, तेक्वान्दो १४ ) स्वर्ण पदक जित्यो र सागको इतिहासमा पहिलो पटक पदक तालिकाको दोस्रो स्थान रहन सफल भयो ।

त्यसयता यो दुई दशकलाई हेर्ने हो भने नेपालका लागि पदकका हिसाबले तेक्वान्दो र कराते नै खेलकुदको गरिमा जोगाउन सफल भएका छन् । दुई दशकपछि स्वदेशमा सागको १३ औं संस्करण आयोजना हुँदा फेरि पनि तेक्वान्दो  र कराते नै सफल भए । १३ औं सागमा नेपालले ५१ स्वर्ण, ६० रजत र ९६ कास्य गरि २ सय ७ पदक जितेको थियो । त्यसमा कराते (स्वर्ण १०, रजत ४, कास्य ५) र तेक्वान्दा (१२ स्वर्ण, ६ रजत र १० कास्य) ले मात्र २२ स्वर्णसहित ४७ पदक जिते । यद्दपी आठौं कै सफलता नभएपनि फेरि एकपटक सागको पदक तालिकाको दोस्रो स्थान दिलाउन यी दुई मार्सल आर्टसको भूमिका महत्त्वपूर्ण रह्यो ।

१९९८ को बैंकक एसियाली खेलकुदका लागि भएको छनोटमा समरले दीपक श्रेष्ठलाई पराजित गरेका थिए । तर समयक्रमसँगै अघि बढ्दा दीपक पछिल्लो दुई दशकमा नेपाली करातेका एक भरपर्दा सारथी बनेका छन् । खेलाडीका रुपमा सागका ३ संस्करण, एसियाडका २ संस्करण र विश्व च्याम्पियनसिप खेलेका दीपक त्यसयता अलग अलग भूमिकामा राष्ट्रिय टोलीमा रहेका छन् ।

खेलाडीका रुपमा दीपक सफल रहे । उनले सागका आठौं र नवौं संस्करणमा स्वर्ण पदक जितेका थिए । तेक्वान्दोका दीपक विष्टसँगै संगिना र दीपक श्रेष्ठ स्वर्ण पदकमा ह्याट्रिक गर्ने लक्ष्यसहित दसौं संस्करण खेल्न श्रीलंका पुगेका थिए । तर, दीपक विष्टलाई मात्र त्यो सफलता मिल्यो । संगिना र दीपक श्रेष्ठ ह्याट्रिक गर्नबाट चुके ।

तथापी सागका दुई संस्करणमा स्वर्ण पदक जित्ने उनी करातेका एक मात्र खेलाडी हुन् । २००६ कै डिसेम्बरमा दोहा एसियाड खेले पनि उनले खेल जीवनबाट विश्राम लिए । १२ औं सागमा कराते समावेश गराइएन । ११ औ सागमा अफिसियलका रुपमा टोलीमा समावेश दीपक स्वदेशमा आयोजित १३ औं सागमा प्रशिक्षण टोलीमा रहे । एसियाडमा भने पछिल्लो ३ संस्करण (२०१०,२०१४ र २०१८) मा उनी टोली प्रशिक्षक रहे ।

दीपक आफू भने आठौं र १३ औं सफलतामा फरक देख्छन् । ‘बाहिरबाट हेर्दा सबैले कराते पुरानै लयमा आयो भनेका छन् । नतिजाको आधारमा त्यो भन्न सकिन्छ’, उनले भने, ‘तर वास्तविकतामा हामी अझै तल छौ । भारत र पाकिस्तान करातेमा धेरै अगाडि बढिकसेका छन् ।’

नेपालमा कराते लोकप्रिय बनाउन र सफलता दिलाउनमा पुराना गुरुहरुको ठूलो भूमिका रहेको दीपक मान्छन् । ‘पहिलेका गुरुहरुको जुन योगदान दिनुभयो त्यसको लागि उहाँहरुलाई धन्यवाद दिइरहनुपर्छ । पहिला भारतका कति खेलाडी नेपालमा आएर कराते सिक्थे’, उनले तुलना गरे, ‘तर अहिले त्यस्तो अवस्था छैन छैन । साउथ एसियामा कराते भित्राउन जस नेपाललाई जान्छ । तर अब अहिले अरु देशले प्रगती गर्दै गए हामीले त्यो अनुसार गर्न सकेनौं ।’

समय अनुसार खेलाडीको मनस्थितिमा पनि परिवर्तन आउने गरेको दीपकले अनुभव गरको छन् । ‘हामीले खेल्दा खेलाडी पनि सेल्फ मोटिभेट हुन्थे । गुरुहरु पनि खेलाडीलाई एकदम मेहनत गराउने । खेलाडी आफै पनि मैले कम गरे भने अरुले बढी गरे होलान् भन्ने हुन्थ्यो’, उनले भने, ‘अहिलेका खेलाडीहरु एड्भान्स छन् । यो खेलेर कहाँ पुग्छु भनेर पहिले नै सोच्छन् ।’

खेलाडी र प्रशिक्षक दुवैको दबाब दीपकले बुझेका छन् । ‘खेलको दौरान सबैभन्दा धेरै कुरा खेलाडीको हातमा नै हुन्छ त्यसमा केही कुरा प्रशिक्षकले दिने हो । खेलमा खेलाडीको केही नचलेको बेलामा प्रशिक्षकले खेल्न सक्नुपर्छ’, उनले अनुभव सुनाए, ‘यी प्राविधिक पक्ष हुन् । सिक्नेले पनि यसमा ध्यान दिनुपर्छ ।’

दीपकको अनुभवमा खेलाडी भन्दा प्रशिक्षक हुन कठिन छ । ‘प्रशिक्षक भन्दा खेलाडी हुन सजिलो छ । खेल्ने बेलामा आफ्नो चिन्ता मात्र गरे पुग्छ । तर प्रशिक्षकले धेरै कुरामा चिन्ता लिनुपर्दछ’, उनको आफ्नो पालाको सम्झिए, ‘हामी खेलाडी हुँदा कतिपटक गुरुहरुलाई गाली गर्यौं । अहिले आफैं  प्रशिक्षक बनियो । हाम्रा पछाडि खेलाडीले गाली गर्दा हुन् । यो सबै आफुले भोगे पछि थाहा हुने रहेछ ।’

विश्व खेलकुदको कुम्भ मेलाका रुपमा रहेको ओलम्पिकमा पहिलो पटक कराते समावेश गरिएको थियो । तर, कोराना भाइरस कोभिड १९ कारण टोकियो ओलम्पिक एक वर्ष पछि सरेको छ । खेल जीवनमा उनले कहिल्यै ओलम्प्कि खेल्न पाएनन् । प्रशिक्षकका रुमपा सहभागी हुने सम्भावनाबाट भने दीपक उत्साहित छन् । नेपाल ओलम्पिक कमिटीले उनलाई कराते प्रशिक्षकका रुपमा छनोट गरेको छ ।

‘ओलम्पिक खेल्ने हरेक खेलाडीको सपना हुन्छ नै । हामी खेल्दा कराते ओलम्पिकमा थिएन’, उनले भने, ‘अहिले समावेश हुँदा प्रशिक्षकको जिम्मेवारी पाएको छु । खेलाडीका रुपमा नभएपनि प्रशिक्षकका रुपमा भाग लिने सम्भावना छ । यसका लागि एनओसीलाई धन्यवाद दिन चाहन्छु ।’

करोतको सफलतासँगै विवाद पनि छोडिएर आउँछ । लामो समय नेपाल कराते महासंघको दोहोरो अस्तित्व रहेको थियो । दुवै संघलाई मिलाउने क्रममा तदर्थ समिति बनाएर निर्वाचनका लागि भनिएको पनि लामो समय भइसकेको छ । तर, निर्वाचन हुने सम्भावना कमजोर भएको देखिन्छ ।
‘अहिले महासंघको निर्वाचन होस् भन्ने कसैले चाहे जस्तो देखिन्न । मन्त्रालय र राखेपले ३ महिना भित्र निर्वाचन गर्न भनेको थियो’, दीपकले भने, ‘तर अहिले अनेक बहानावाजी मात्र चलिरहेको छ । अहिले चुनाव गर्न खोजे जस्तो लाग्दैन ।’

खेलको विकासका लागि संस्था राम्रो संघ चल्नु पर्ने दीपक मान्छन् । ‘अहिले निर्वाचन गराउने पक्षमा कोहि देख्दिन । यहि अवस्थामा राख्न हुन्न । हस्तक्षेप गरेपनि प्रजातान्त्रिक रुपमा चुनाव हुनुपर्छ’, उनले भने, ‘२० वर्षदेखि निरन्तर कराते ओरालो लाग्नुको कारण संस्थागत भन्दा व्यक्ती नै हावी भएर हो । नेतृत्व गर्ने राम्रो मान्छे भए यस्तो हुने थिएन ।’

साग इतिहास हेर्दा १३ औं सागमा पनि निकै विवाद रहेपनि खेलाडीहरुको प्रदर्शनले त्यहाँका सबै नराम्रा विषयलाई ढाक्ने काम गरेको दीपकले सुनाए । राखेपले सागमा के भएको थियो त्यसमा बुझ्न कोशिस नगरेको उनले गुनासो गरे । ‘अहिलेसम्म राखेपले केही निर्देशन दिएके छैन । सागपछि प्रतिवेदन मागेको छैन । कराते संघले स्पष्टकरण लिनुपर्छ त्यो गर्न सकेको छैन’, उनले भने, ‘खेलाडीको कारणले २० वर्षपछि हामी पुन फर्किएको जस्तो भएको छौ । यस्तै अवस्था रहे भविष्यमा खेलाडी पनि बत्ति बालेर खोज्न पर्छ।’

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ अध्यक्ष समेत रहेको दीपकले सागको पुरस्कारमा प्रशिक्षकलाई गरेको व्यवहार दुःख लाग्दो भएको बताएका छन् । सागका पदक विजेता खेलाडीको खातामा भने सरकारले पुरस्कार रकम जम्मा गरिसकेको छ । प्रशिक्षकको हकमा भने राखेपमा रहेको बेरुजु फछ्र्यौट पछि मात्र दिइने भनिएको छ ।

‘प्रशिक्षक र खेलाडीलाई एक सिक्का २ पाटा भनिन्छ । तर व्यवहारमा त्यस्तो देखिएन । मन्त्रालयले पुरस्कार दिने बेलामा कार्यविधि बनायो । पुरस्कार भनेको सम्मान हो यो विना सर्त दिनुपर्छ । त्यसमा शर्त राम्रो होइन’, उनले भने, ‘पेश्की फर्छ्यौटको छुट्टै विधि छ । यसलाई पुरस्कारमा जोड्नु भनेको प्रशिक्षकहरुको अपमान हो। यो विषयमा प्रशिक्षकहरुको संस्था बोल्नु पर्नेमा उनले जोड दिए ।’

दीपकले खेलाडीले संघले अहिले सम्म उठाउँदै आएको सामाजिक सुरक्षाको विषयलाई आउने दिनमा पनि निरन्तर रुपमा उठाई राख्ने बताए । ‘अन्तराष्ट्रिय स्तरको भौतिक पुर्वाधार, खेलाडीले देशको लागि खेल्छ पदक दिन्छ । रिटार्यडपछि के गर्ने त भन्ने जिवनयापनमा सहयोग पुग्ने सम्मानका रुपमा शिक्षा, स्वास्थ्य र यातायातमा सहयोग गर्ने माग राख्दै आएका छौं’ , उनले भने, ‘एउटा विद्यार्थीलाई केहि छुट दिए जस्तै पदक जित्ने खेलाडी र उनीहरुको परिवारलाई केहि छुट दिएमा खेलाडीलाई गर्व गर्ने माहोल सृजना हुन्छ ।’

दीपकले करोना भाइरस कोभिड १९ का कारण उत्पन्न कठिन परिस्थितिमा सबैले धर्यता राख्नुपर्ने सुझाव दिएका छन् । उनी भन्छन्, ‘अँध्यारोपछि उज्यालो त आउँछ नै । लकडाउन खुलेपछि पनि हामीले अहिले जस्तो सावधानी अपनाएका छौं त्यसलाई पनि निरन्तरता दिन पर्छ ।’

March 27, 2024

एमेच्योर सदभाव शीर्षस्थानमा

काठमाडौं (हाम्रो खेलकुद)-  एमेच्योर गल्फर सदभाव आचार्यले सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपीजीए टुर च्याम्पियनसीपको तेस्रो दिन समग्रमा ११-अन्डर २ सय ५ को उत्कृष्ट स्कोरमा शीर्षस्थानमा रहन सफल भएका छन्।  आज २अन्डर ७० खेलेका सदभावले प्रो भुवन नगरकोटीलाई एक स्ट्रोकले पछि पारेका छन्।भुवनले आज १-अन्डर ७१ मा खेल सकाउँदा समग्रमा १०-अन्डर २ सय ६ सहित दोस्रो स्थानमा छन्। अन्तिम १८ होलको खेल बाँकी रहँदा उपाधि होडमा सदभाव र भुवनबीच कडा प्रतिस्पर्धा हुने भएको छ।समग्रमा ३-अन्डर २ सय १३ को नतिजामा दिनेश प्रजापति र विजय श्रेष्ठ आइन्हाउस संयुक्तरुपमा तेस्रो स्थानमा छन्। आज दिनकै उत्कृष्ट ४-अन्डर ६८ स्कोर कार्ड बनाएका दिनेश नवौं स्थानबाट तेस्रो स्थानमा उक्लिएका हुन्। विजयले आज १-ओभर ७३ मा खेल सकाए।आज १-अन्डर ७१ स्कोर बनाउँदा समग्रमा २-अन्डर २ सय १४ सहित निरज तामाङ पाँचौं स्थानमा छन्। एमेच्योर राहुल विश्वकर्मा समग्रमा १-ओभर २ सय १७ सहित छैटौं स्थानमा उक्लिएका छन्। उनले आज ३-अण्डर ६९ को कार्ड तयार पारे।यसैगरी एमेच्योर टासी छिरिङ र प्रो सञ्जय लामाले समग्रमा २-ओभर २ सय १८ सहित सातौं स्थान बाँडे। टासीले १-अण्डर ७१ र सञ्जयले इभन-पार ७२ मा आजको खेल पुरा गरे। समग्रमा ३-ओभर २ सय १९ सहित युवराज भुजेल र रवि खड्का संयुक्तरुपमा नवौं स्थानमा छन्। दुवैले आज ४-ओभर ७६ मा खेल पुरा गरे।लगातार दुई दिनको संयुक्त लिडर भुवनलाई पछि पार्दै एकल अग्रता बनाउने क्रममा सदभावले फ्रन्ट नाइन २-अन्डर ३४ मा सकाए। तेस्रो र छैंटौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन बोगी रहित खेले। यसपछि १४औं होलमा एक सट बचाए पनि १७औं होलको बोगीले ब्याक नाइन इभन-पार ३६ मा सकाए।भुवनले राम्रो सुरुवात गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा पुरा गरे। दोस्रो होलमा एक सट खेर फाले। तर यसपछि चौथो, छैटौं, सातौं र नवौं होलमा बर्डी प्रहार गरे। तर यो लयलाई भुवनले निरन्तरता दिन सकेनन्। १५औं र १७औं होलमा बोगी खेप्दै ब्याक नाइन २-ओभर ३८ मा सकाए।दिनेशले फ्रन्ट र ब्याक नाइन दुवै २-अन्डर ३४ मा पुरा गरे। चौथो होलको बोगीका विरूद्ध तेस्रो, सातौं र आठौं होलमा बर्डी प्रहार गरे। यसपछि १०औं र ११औं होलमा पनि एक-एक सट बचाए।विजयले फ्रन्ट नाइन इभन-पार ३६ मा सकाउने क्रममा तेस्रो र सातौं होलमा एक-एक सट बचाए भने पाँचौ र छैटौं होलमा बोगी खेपे। ब्याक नाइन भने १-ओभर ३७ मा पुरा गरे। विजयले दशौं देखि १२औं होलमा लगातार तीन बर्डीको सफलता प्राप्त गरिसकेका थिए। तर ४-पारको १४औं होलमा ट्रीपल बोगीको समाना गर्न बाध्य हुँदा १७औं होलमा एक सट खेर फाले। ८ लाख ४० हजार रुपैयाँ पुरस्कार  रहेको प्रतियोगिताको विजेताले १ लाख ४० हजार रुपैयाँ पाउनेछन्। दोस्रोले ९६ र तेस्रो हुनेले ७२ हजार रुपैयाँ हात पार्नेछन। कट बनाएका २३ प्रो गल्फर मध्ये उत्कृष्ट २१ गल्फरले नगद पुरस्कार प्राप्त गर्नेछन्। 

March 27, 2024

इटहरीमा अर्को महिना ओलम्पियन पुनर्मिलन हुने

काठमाडौं (हाम्रो खेलकुद) – तेश्रो ओलम्पियन्स पुनर्मिलन तथा स्पोर्टस सेलिब्रेटी मिट– २०२४ कोशी प्रदेशमा आयोजना हुने भएको छ। सुनसरीस्थित इटहरीमा हुने कार्यक्रमका लागि प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशका सदस्य–सचिव हंशराज वाग्ले र नेपाल ओलम्पियन्स संघका अध्यक्ष दीपक विष्टले सम्झौता पत्रमा हस्ताक्षर गरे । सम्झौता अनुसार खेलकुद विकास बोर्ड कोशी कार्यक्रमको आयोजक रहने छ भने […]

March 25, 2024

प्रो भुवन र एमेच्योर राहुल शीर्षस्थानमा 

काठमाडौं (हाम्रो खेलकुद)- सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत छैटौं प्रतियोगिताको रुपमा रहेको सूर्य नेपाल एनपिजिए टुर च्याम्पियनसिपको पहिलो दिन सोमबार प्रो भुवन नगरकोटी र एमेच्योर राहुल विश्वकर्मा संयुक्तरुपमा शीर्षस्थानमा रहन सफल भएका छन्। उनीहरूले ३-अन्डर ६९ को स्कोरमा पहिलो दिनको खेल सकाएका हुन्। भुवन र राहुलले १८ होलको समाप्तीमा तीन प्रोफेसनल खेलाडी रमेश अधिकारी, रवि […]

Success

Thank you for your time.