default_image

4 years ago

June 4, 2020

सञ्जय स्मृति प्रतिष्ठानको सहयोग

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो । कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री […]

32 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – सञ्जय स्मृति प्रतिष्ठानले पर्वतको कुश्मा नगरपालिका वडा नं ११ को पकुवा स्वास्थ्य चौकीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । प्रतिष्ठानकी अध्यक्ष निरोज मास्केले वडा नं ११ का वडाअध्यक्ष शिव पौडेलमार्फत स्वास्थ्य चौकीलाई समान हस्तान्तरण गरिएको थियो ।

कोरोना भाइरस कोभिड १९ को संक्रमणलाई न्यूनिकरण गर्न सहयोग पुर्‍याउने उद्देश्यका साथ स्वास्थ्य सामाग्री उपलब्ध गराइएको नेपाल भलिबल संघकी उपाध्यक्ष समेत रहेकी मास्केले जानकारी दिइन् । स्वास्थ्य चौकीलाई थर्मल गन २ सेट, पिपिई २ सेट, सेनिटाइजर, मास्क र पन्जा प्रदान गरिएको थियो ।

प्रतिष्ठानले हरेक वर्ष एक महिला र एक पुरुष खेलाडीलाई समान ३५ हजार रुपैयाँबाट सम्मान पनि गर्दै आएको छ । गत वर्ष नेपाल एपिएफ क्लबकी कप्तान विनिता बुढाथोकी र नेपाल पुलिस क्लबका चन्द्र कुँवरलाई सम्मान गरिएको थियो ।

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

April 25, 2024

आर्मीमाथि एपिएफको रोमाञ्चक जित

काठमाडौं (हाम्रो खेलकुद) – साविक उपविजेता विभागीय नेपाल एपिएफ क्लबले सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा अर्काे विभागीय टोली त्रिभुवन आर्मी क्लबमाथि रोमाञ्चक जित निकाल्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । एपिएफले आर्मीलाई ३–२ को सेटमा पराजित गर्दै फाइनल पुग्ने सम्भावना बलियो बनाएको हो । सुरुवाती दुई सेट जितेको एपिएफले त्यसपछि लगातार दुई […]

April 25, 2024

एपिएफ र आर्मी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद) – सातौं केएनपी नेरोलेक महिला भलिबल प्रतियोगिताको दोस्रो दिन बुधबार पनि दुई खेल हुँदैछन् ।त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा दिउँसो १ः०० बजे सुरु हुने खेलमा दुई विभागिय टोली साविक उपविजेता नेपाल एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । एपिएफल लगातार दोस्रो खेल जित्ने योजनामा हुनेछ भने आर्मी फाइनल प्रवेशको सम्भावनालाई […]

Success

Thank you for your time.