6 years ago
June 15, 2020
विजय नेपाली,पोखरा
गण्डकी प्रदेशले आर्थिक वर्ष २०७७–०७८ को लागि खेलकुद क्षेत्रमा झन्डै १० करोड रुपैयाँ विनियोजन गरेको छ । गण्डकी प्रदेश आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सोमबार बजेट प्रस्तुत गर्ने क्रममा खेलकुद क्षेत्रको नीति, कानुन, संरचना र पुर्वाधार निमार्णलाई जोड दिएको बताए ।

उनले प्रदेश खेलकुदका लागि ९ करोड ८५ लाख बजेट विनियोजन गरेको बताए । जसमा पुजिगततर्फ ८ करोड ३५ लाख रुपैयाँ बताइएको छ । जसमा प्रदेश स्तरीय बहुउद्देश्यीय रंगशाला, क्रिकेट रंगशाला, गल्फकोर्स, स्की, उच्च खेलकुद तालिमकेन्द्र, जिल्ला स्तरीय रंगशाला र एक स्थानीय एक खेलकुद मैदान निर्माण योजनालाई नै निरन्तरता दिने बताइएको छ।
प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढिक बहुउद्देश्यीय कभर्ड हल लगायतका अन्य खेलकुदका पूर्वाधारको बजेट निकासा गर्न अमसर्थ हुदाँ फिर्ता भएको थियो ।
प्रदेशस्तरीय बहुउद्देश्यीय रंगशाला निर्माण पहिलो एजेण्डा हो । गण्डकी प्रदेश सरकारको पहिलो आर्थिक वर्षको बजेटबाटै यो एजेण्डालाई समेटिएको छ । यद्यपी ठोस निर्णयसहितको बजेट निकासा भने हुनै सकेको छैन । बहुउद्देश्यीय रंगशाला कुन ठाँउमा बनाउने भन्ने बारेमा अझै प्रदेश सरकारले निक्र्यौल गर्न सकेको छैन ।
पोखरा–३३ पशुपतिघाटस्थित झण्डै ४ सय रोपनी क्षेत्रफलमा क्रिकेट रंगशाला बनाउने तय गरिएको छ । तय गरिएको ठाँउमा यसैआर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन बनाउन नसक्दा बजेट फिर्ता हुन पुगेको थियो ।
नवौं राष्ट्रिय खेलकुद माग अनुसारको बजेट आएन
यसै वर्ष फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशले माग असुसारको बजेट भने छुट्याएको छैन । राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेश सरकारसंग खेल पूर्वाधार निर्माण एवं मर्मत सम्भारको लागि ४ करोड ५० लाख रुपैयाँ माग गरेको थियो । भने व्यवस्थापनतर्फ भने २ करोड ८८ लाख रुपैँया बजेट माग गरेको थियो । तर प्रदेश सरकारले भने १ करोड ५० लाख मात्र छुट्याएको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री गुरुङले बजेट प्रस्तुत गर्दै भने ‘राष्ट्रिय खेलकूद परिषदबाट पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकूद प्रतियोगितामा भाग लिने हाम्रा खेलाडीहरूको आवश्यक व्यवस्थापन र प्रशिक्षणका लागि रू. १ करोड ५० लाख विनियोजन गरेको छु । प्रदेश सरकारको तर्फबाट विजयी खेलाडीहरूलाई पुरस्कृत गर्ने आवश्यक व्यवस्था समेत मिलाएको छु।’
माग अनुसारको बजेट नआएको पश्चिमाञ्चल खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मणप्रसाद योगीले जानकारी दिए । ‘हामिले पहिले व्यवस्थापनको लागि रकम माग गरेका थियौ । पछि फेरी पुर्वाधारको लागि ४ करोड ५० लाख मागेको थियौ । नवौ हाम्रो लागि अवसर पनि थियो’, योगीले भने । पुर्वाधारको लागि छुट्याएको भए खेल पुर्वाधार विकास राम्रो हुने उनले बताए । केन्द्रिय सकारसंग माग गरेको ४३ करोड ७० लाख रकमले मात्र पर्याप्त नहुने हुदाँ प्रदेश संग समेत माग गरिएको उनले बताए ।
नवौं राष्ट्रिय खेलुकद प्रतियोगिताको पुर्वाधार तयार पार्न अन्य विभिन्न जिल्लामा समेत बजेट माग गरिएको छ । पोखरा रंगशालामा एथलेटिक्स र फुटबल प्रतियोगिता सञ्चालन गरिने छ । पोखरामै आयोजना हुने बक्सिङको लागि ४० लाख, तेक्वान्दो महिला तथा पुरुष(बाग्लुङ)मा प्रस्ताव गर्दै ३० लाख रुपैयाँ माग गरिएको छ । कराँते महिला तथा पुरुष(पर्वत) ४० लाख, भारोत्तोलन बाग्लुङमा गरिने भन्दै समितिले ३५ लाख रुपैयाँ माग गरेको कार्यलय प्रमुख योगीले बताए ।
पोखरामै भलिबल आयोजना गरिने छ । २५ लाख माग गरिएको छ । मुस्ताङमा टेबलटेनिस आयोजन ागर्ने योजना सहित कभर्ड हलको लागि १ करोड रुपैयाँ माग गरिएको छ । नवलपुरमा कबड्डीको लागि २० लाख, व्याडमिन्टन(लम्जुङ) एक करोड रुपैयाँ, नवलपुरमा कुस्तीको लागि २५ लाख, पोखरामा उसुको लागि २० लाख, जुडो(गोरखा)लाई २५ लाख, बास्केटबल(तनहुँ) २० लाख, बुद्धिचाल(मनाङ) ५० लाख, ह्याण्डबल(पोखरा) ४० लाख म्याटको लागि माग गरिएको छ ।
आईटिएफ तेक्वान्दो(स्याङजा) ५० लाख, फुलकन्ट्याक्ट कराँते(म्याग्दी) ३५ लाख, ह्क्की(पोखरा)२५ लाख, स्क्वास(पोखरा) ३५ लाख, सुटिङ(पोखरा) ९ करोड ५० लाख, जिम्न्याष्टिक(पोखरा) २५ लाख, लन टेनिस(पोखरा) २० लाख, सफ्ट टेनिस(पोखरा), क्रिकेट(पोखरा) ७० लाख, साईक्लिङ(पोखरा)१५ लाख, आर्चरी (पोखरा) १५ लाख, सेपाक ताक्रो(पोखरा) ३० लाख, खो खो(नवलपुर) ३५ लाख, फेन्सिङ(पोखरा)२० लाख, पौडी(पोखरा) २० करोड, गल्फ(पोखरा) ३५ लाख, शारीरिक सुगठन(पोखरा) २० लाख, प्याराग्लाईडिङ(पोखरा) २० लाख, ट्रायथोलन(पोखरा) ३० लाख रुपैयाँ रहेको छ ।
यसैगरी दोस्रो राष्ट्रिय खेलकुद प्रतियोगिता पोखरामा आयोजना हुदाँ राखिएको दोहोरी गीत प्रतियोगितालाई राख्न प्रस्ताव समेत गरिएको छ । दोहोरी गीत प्रतियोगिताको लागि पनि २० लाख रुपैयाँ बजेट माग गरिएको छ । पूर्वाधारसहित पोखरा रंगशाला प्राक्टिस मैदान, खानेपानी डिप बोरिङ, मिडिया सेन्टर, मेडिकल सेन्टर निर्माण लगायतलाई १ करोड ५० लाख रुपैयाँ माग गरिएको समितिले जनाएको छ ।
प्रदेश सरकारसँग खेल सामाग्रीको लागि २० लाख, खेलस्तर ग्रिनरी एवं सजावटको लागि ५० लाख, गण्डकी प्रदेशबाट छनौट भएका खेलाडीहरुलाई २० दिने बन्द प्रशिक्षणको लागि १ करोड ७५ लाख, खेलाडी तथा अफिसियललाई मायाको चिनो प्रदान गर्न १८ लाख, स्वागत गेट निर्माण गर्न १५ लाख, प्रचार प्रसारको लागि १० लाख रुपैयाँ माग गरिएको हो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]