5 years ago
July 1, 2020
काठमाडौं (हाम्रो खेलकुद)– खेलकुदका विभिन्न सामाग्री विक्री गर्दै आएको स्पोर्टस् युनिर्भसले कोरोना प्रदेश ७ को डडेल्धुरामा स्थापना पिसिआर मेसिन स्थापनाका लागि आर्थिक सहयोग गरेको छ ।

भाइरस कोभिड १९ को संक्रमणको जोखिम कम गराउनका लागि बढी भन्दा बढी परिक्षण हुनु पर्ने उद्देश्य साथ स्थापना भएको मेसिनका लागि स्पोर्टस युनिभर्सले १० हजार रुपैयाँ सहयोग गरेको स्पोर्टस युनिभर्सका निर्देशक तथा सञ्चालक मध्येका एक किशोर जोशीले जानकारी दिएका छन् ।
यसअघि १३ औं दक्षिण एसियाली खेलकुद (साग) की ४ स्वर्ण पदक विजेता गौरिका सिंहले पिसिआर मेसिन स्थापनाका लागि १ लाख रुपैयाँ सहयोग गरेकी थिइन् । ४ सागमा ४ स्वर्ण पदक तेक्वान्दोका कीर्तिमानी विष्ट र सागमै ३ स्वर्ण पदक जितेकी उनीकी श्रीमती आयशा शाक्यले २० हजार रुपैयाँ सहयोग गरेका थिए ।
त्यस्तै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका दीपक श्रेष्ठ, तेक्वान्दो संघका उपाध्यक्ष भानुबहादु चन्द, नेपाल भलिबल संघका महासचिव जितेन्द्रबहादुर चन्द, राष्ट्रिय खेलकुद परिषद् ९राखेप० का क्रिकेटका प्रमुख प्रशिक्षक जगत टमाटा, क्रिकेट खेलाडी नरेश बुढाएरले समान १० हजार रुपैयाँ सहयोग गरेका छन् । अन्य खेलाडी तथा खेलकुदसँग सम्बन्धित व्यक्तिहरुले प ित्यो अभियानमा साथ दिइरहेका छ ।
ह्युमानीटि फाउण्डेसन नेपालले डडेलधुरामा पिसिआर मेसिन स्थापनाका लागि आर्थिक अभियानको सुरुवात गरेको थियो । स्थानिय श्याम तायलको अगुवाईमा अभियानको सुरुवात गरेको सञ्चारकर्मी समेत रहेका फाउन्डेसनका संस्थापक सदस्य दीर्घराज उपाध्यायले जानकारी दिए ।
एक दिनमा ३ सय ८४ जनाको पिसिआर परिक्षण गर्न सकिने मेसिसन स्थापनाका लागि झन्डै १ करोड रुपैयाँ खर्च हुने र अभियानबाट आवश्यक भन्दा बढी रकम संकलन भइरहेको संस्थापक सदस्य उपाध्यायले जानकारी दिए । संकलन बाँकी रकम पनि सोही अभियानमा खर्च हुने उनले जानकारी दिए ।

यसैबीच, बानेश्वरबाट शंखमुल जाने बाटोमा रहेको स्पोर्टस युनिभर्सले कोभिड १९ का कारण सरकारले गरेको लकडाउन खुकुलो भएपछि सामान विक्री सुरु गरेको छ । स्पोर्टस युनिभर्स स्टक क्लियरिङका लागि सेल सुरु गरेको छ । खेलकुदका सबै सामानमा भारी छुट दिएको बताइएको छ । त्यस्तै युरोपियन क्लबका जर्सी ५ सय रुपैयाँमा २ वटा विक्री भइरहेको स्पोर्टस युनिभर्सका निर्देशक जोशीले जानकारी दिएका छन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]