5 years ago
July 2, 2020
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले कोभिड–१९ को महामारीको कारण सञ्चारकर्मी रोजगारीबाट बन्चित हुनु परेको अवस्था सृजना भएको बताएका छन् ।

विश्व खेलकुद पत्रकार दिवसको अवसरमा नेपाल खेलकुद पत्रकार मञ्चले बिहीबार आयोजना गरेको ‘नेपाली खेलकुद पत्रकारितामा कोभिड–१९ को असर’ विषयक अन्तक्रियामा विष्टले भने, ‘कतिपय सञ्चार गृहले कोभिडको बहानामा क्रियासिल पत्रकारलाई निकाल्ने काम गरेका छन् । ’
कतिपय सञ्चारगृहले पत्रकार निकाल्नका लागि कोभिड १९ लाई वहाना बनाएको तर्फ संकेत गर्दै विष्टले भने,’अधिकांश पत्रकारको तलब भत्ता कटौती गरिएको छ यस्तो अवस्थामा सञ्चार गृह र श्रमजीवी पत्रकार दुवै पक्ष बाँच्ने वातावरण बनाउन आवश्यक छ । सरकारले समेत अग्रपंक्तिमा काम गर्ने पत्रकारको समस्यालाई त्यति बुझेको छैन । ‘
बिष्टले विश्व खेलकुद पत्रकार दिवसको अवसरमा शुभकामना ब्यक्त गर्दै विसम परिस्थितिमा आफ्नो पेशालाई जोगाउन सम्पूर्ण श्रमजीवी पत्रकारहरुले झनै सक्रिय भएर काम गर्नुपर्नेमा जोड दिए । कोभिड–१९ को कारण देखाई सञ्चार संस्थाले पत्रकारमाथि अनावश्यक तनाव दिएको भन्दै महासंघले सबैको ध्यानाकर्षण गर्न शुक्रबार बबरमहलमा शान्तिपूर्ण आन्दोलन गर्न लागेको जनाए ।
नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष एवं नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र बिष्टले महामारीको समयमा खेलकुदसँगै समग्र पत्रकारितालाई अगाडि बढाउन ठूलो चुनौती रहेको बताए । ‘सञ्चार क्षेत्रलाई अहिले आर्थिक संकट ठूलो छ । कोभिड पछि विज्ञापनमा आएको ह्रास हेर्दा कसरी चल्ने भन्ने अवस्था छ,’उनले भने,’सबैलाई रहन सक्ने गरी नयाँ सोच र पद्धति अपनाउन आवश्यक छ ।’
बाह्रखरी डटकमका प्रधानसम्पादक प्रतिक प्रधानले कोभिड–१९ ले सबैभन्दा बढी असर खेलकुद पत्रकारितामा पारेको बताए । ‘अहिले खेलकुद गतिविधि हुन सक्ने अवस्था छैन । यस्तो अवस्थामा पत्रकारहरुले आफुलाई जोगाईराख्न भर्चुअल खेलकुदका विषय, अनुसन्धान मुलक रेख रचना, विषय बस्तुको गहिराईमा पुगेर लेखन क्षमता बृद्धि गर्ने लगाय काम गर्न आवश्यक छ ,’प्रधानले भने,’कोभिडको महामारीले खेलपत्रकारलाई नयाँ विषय सृजना गर्ने मौका पनि दिएको छ । नले संकटको समयमा पत्रकारलाई निकाल्नु भन्दा एक छाक खाएर भएपनि सबै पक्ष मिलेर बाच्नु पर्ने बताए ।
बरिष्ठ खेल पत्रकार श्याम चित्रकार र राजु सिलवालले नेपाली खेलकुद पत्रकारिताले विगतको तुलनामा उल्लेख्य सफलता प्राप्त गरेको अनुभव सुनाए । प्रविधिका कारण अहिले तुलानात्मक रुपमा खेलकुद पत्रकारिता सहज भएको उनीहरुले सुनाए ।मञ्चका अध्यक्ष दुर्गा नाथ सुवेदी (देवेन्द्र) ले खेलकुद विटमा काम गर्ने मात्र १० जना पत्रकारले कोभिड–१९ को कारण रोजगारी गुमाउन बाध्य भएको जानकारी दिए । एआईपीएस एसियाका कोषाध्यक्ष निरञ्जन राजवंशीले कोरोनाको महामारीमा पनि खेलकुद पत्रकारहरुले कसरी हुन्छ समाचार उत्पादनमा आफुहरुलाई ब्यस्त बनाई रहेको बताए ।
सन् १९२४ मा पेरिस ओलम्पिक हुँदा जुलाई २ तारिखमा इन्टरनेशनल स्पोर्टस प्रेस एसोसिएशन स्थापना गरिएको थियो । सोही दिनलाई विश्वभर विश्व खेलकुद पत्रकार दिवसका रूपमा मनाइँदै आएको छ । नेपालमा पनि खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चले जुलाई २ मा एनएसजेफ पल्सर स्पोर्टस अवार्डका साथै अन्य विभिन्न कार्यक्रम गरेर मनाउँदै आएको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]