5 years ago
July 3, 2020
प्रकाश तिमल्सिना,काठमाडौं
खेलकुदको अविभावक सँस्था राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा नयाँ खेलकुद विकास ऐन २०७७ अनुसार नेतृत्व पाउने भएको छ । ऐन कार्यान्वयनमा आएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा आफै अन्यौलमा परेका थिए ।

ऐन राष्ट्रपति विद्यादेवी भण्डारीबाट गत साता प्रमाणीकरण हुँदै राखेपका वहालवाल पदाधिकारी आफ्नो अवधिसँग यथावत रहने बताएका थिए । तर, मन्त्री विश्वकर्माले भने कानुनी विज्ञहरुसँगको परामर्शपछि नयाँ ऐन अनुसार नै नियुक्त गर्नुपर्नेमा प्रष्ट भएको बताए । नयाँ ऐन लागु भएसँगै पुरानो नियुक्तीको कोही पनि नरहेन भन्ने प्रष्ट भएको छ, मन्त्री विश्वकर्माले भने, अब सबै नियुक्ती नयाँ ऐन अनुसार नै हुनेछ ।
मन्त्री विश्वकर्माले ले अब ऐन अनुसार तत्काल नयाँ सदस्य सचिवको नियुक्ती प्रक्रिया अघि बढ्ने पनि जानकारी दिए । उनले भने ,’अर्को व्यवस्था नभएसम्म ऐनले व्यवस्था गरे अनुसार कार्यवहाक केहि दिन भित्र तोक्नेछौं, उनले भने, त्यसपछि सचिव सचिवलगायतको नियुक्तीका लागि पनि आवश्यक प्रक्रिया थालिनेछ ।’
नयाँ ऐनमा राखेपको सदस्य सचिव रिक्त भएमा अर्को सदस्य सचिव नियुक्त नभएसम्मको लागि मन्त्रालयले संघीय निजामती सेवाको राजपत्रांकित प्रथम श्रेणीको कर्मचारी वा परिषद्को वरिष्ठतम् कमैचारीलाई सदस्य सविचको रुपमा कामकाज गर्ने गरी तोक्न सक्ने व्यवस्था छ । नयाँ ऐनमा सदस्य सचिवले हाल प्रयोग गर्दै आएको एकल अधिकारको अन्त्य भएको छ ।
सदस्य सचिवले प्रयोग गर्दै आएको अधिकार अब सात सदस्यीय कार्यकारी समितिले प्रयोग गर्नेछ । युवा तथा खेलकुद मन्त्रालयका सचिवको संयोजकत्वपमा रहने छनोट समितिको सिफारिसमा राखेप सदस्य सचिव सरकारले नियुक्त गर्ने व्यवस्था छ । राखेपको सदस्य सचिव बन्नको लागि स्नातक उतीर्ण गरी खेलकुद क्षेत्रमा कम्तीमा पाँच वर्षको अनुभव भएको र ३० वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने गरी योग्यता तोकिएको छ ।
सदस्य सचिवको एकल अधिकार कार्यकारी समितिमा सार्ने, राखेपजस्तै संयन्त्र प्रदेश र स्थानीय तहले निर्माण गर्न सक्ने लगायतका प्रावधान ऐनमा छ । राखेप कार्यकारी समितिमा खेलकुद मन्त्रालयको खेलकुद महाशाखा प्रमुख, खेलकुद परिषदका सदस्यहरु मध्येबाट परिषद अध्यक्ष रहेका युवा तथा खेलकुद मन्त्रीले मनोनित गरेका दुई जना, परिषदले मनोनित गरेका दुई जना सदस्यका रुपमा रहन्छन् । खेलकुद परिषदको प्रशासन महाशाखा प्रमुखले सचिवको जिम्मेवारी पाउनेछन् ।
यसैगरी, राखेपको हाल रहेको २३ सदस्यीय बोर्डलाई ३० सदस्यीय बनाउने र परिषदमा प्रदेश स्तरका खेलकुदसम्बन्धी संरचनाका प्रमुखदेखि नेपाली सेना, नेपाल प्रहरी र निजी क्षेत्रका प्रतिनिधिलाई समेत सदस्यका रुपमा राख्ने व्यवस्था थपिएको छ । विश्वविद्यालयहरुको खेलकुद विभागका प्रमुख, खेलकुद मन्त्रालयको महाशाखा प्रमुख, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, ओलम्पिक कमिटीलगायतको सहभागिता सुनिश्चित गरिएको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]