5 years ago
July 6, 2020
काठमाडौं (हाम्रो खेलकुद) – युवा तथा खेलकुद मन्त्रालयले प्रदान गर्ने खेलकुद पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकारद्धय कान्तिपुर दैनिकका ध्रुव कुमार तुलाधर र अन्नपुर्ण पोस्टका रोशन सिंह राउतसँगै चार जना खेल पत्रकार सम्मानित भएका छन् ।

अन्य खेल पत्रकारमा पोखराका केशव पाठक र नेपाल टेलिभिजनकी प्रियालक्ष्मी कार्की रहेकी छिन् । मन्त्रालयले सोमबार चारजनालई जनही ५० हजारसहित पुरस्कृत गरेको हो ।
नेपाल खेलकुद पत्रकार मञ्चका उपाध्यक्षसमेत रहेका तुलाधरले यसअघि नागरिक दैनिक र नेपाल समाचारपत्रमा पनि कार्य गरेका थिए । यस्तै अन्नपुर्ण पोस्टका खेलकुद ब्युरो प्रमुख रहेका राउतले हिमालय टाइम्स र राष्ट्रिय समाचार समिति (रासस) मा काम गरिसकेको अनुभव छ ।

यस्तै युवा पुरस्कारतर्फ खगेन्द्र अधिकारी, गीता चिमोरिया, गँगा खड्का, निरज न्यौपाने, रत्न कुमारी चौधरी र सुष्मा बराइली छन् । सबैलाई युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार), सचिव रामप्रसाद थपलिया र सहसचिव मानबहादुर बिकेले सम्मानित गरेका थिए ।
कार्यक्रमका दौरान मन्त्रालयले एन्टी डोपिङ एप शुभारम्भ गरेको थियो । एपमा नेपाली खेलकुदका बिषयमा सम्पूर्ण डाटाहरु समावेश गरिनेछ ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]