5 years ago
July 8, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफु मातहतमा रहेको २७ राष्ट्रिय खेलकुद संघलाई आफ्नै एन्टी डोपिङ नियम बनाउन निर्देशन दिएको छ । भिडियो कन्फरेन्सको माध्यमबाट एनओसीले संघका पदाधिकारीसँग एन्टी डोपिङको महत्वबारे बुधबार भएको छलफलले संघलाई आफ्नै नियम बनाउन निर्देशन दिएको हो ।

एनओसीले संघहरुलाई १५ अगस्ट भित्र संघले एन्टी डोपिङ नियम बनाएर नेपाल एन्टी डोपिङमा बुझाउन निर्देशन दिएको छ । एनओसीका मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोज कृष्ण श्रेष्ठले संघका पदाधिकारीलाई २०२१ बाट विश्व एन्टी डोपिङ कोडको धारा १८ अनुसार सबै संघले आफ्नै एन्टी डोपिङ नियम बनाउनु पर्ने नियम लागु गरेको जानकारी गराएका थिए ।

यस्तै डाक्टर श्रेष्ठले २०२१ पछि एन्टी डोपिङ नियम नभएको संघले अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न नपाउने नियम रहेको उल्लेख गरे । एनओसीका अध्यक्ष जीवनराम श्रेष्ठले यसलाई सकारात्मक र गम्भीर रुपमा लिनुपर्ने बताउँदै हाम्रा खेलाडीहरुले निषेधित पदार्थहरु खाइरहेका छन् कि भनेर सतर्क हुनुपर्ने बताएका छन् ।
एनओसीका महासचिव निलेन्द्रराज श्रेष्ठले संघलाई एन्टी डोपिङ नियम बनाउन आवश्यकता परे एनओसी, मेडिकल कमिसन र एनओसीका स्टाफले सहयोग गर्ने बताएका छन् । छलफलमा एनओसीमा आबद्ध २७ खेलकुद संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]