default_image

5 years ago

July 16, 2020

राखेपको नयाँ सदस्य सचिव नियुक्ती अर्को साता !

188 views

0 Bookmark

प्रकाश तिमल्सिना, काठमाडौं

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य सचिवको नियुक्ती अर्को साता हुने सम्भावना देखिएको छ । यद्दपी युवा तथ खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले अर्को सातानै नियुक्ती हुने नहुने प्रष्ट नबताएपनि छ्ट्टिै प्रक्रिया टुंगिने बताएका छन् ।

गत वर्ष रमेशकुमार सिलवाललाई राखेप सदस्य सचिवको सपथ गराउँदै खेलकुद मन्त्री जगतबहादुर विश्वकर्मा । फाइल तस्बिर

सिफारिस प्रक्रिया पुरा भएपछि बस्ने मन्त्रीपरिषद्को पहिलो बैठकमा सदस्य सचिव विषयले प्रवेश पाउने सम्भावना रहेको मन्त्री विश्वकर्माले बताए । ‘ हामी छिटो भन्दा छिटो सदस्य सचिवको नियुक्तीलाई टुंगाउने योजनामा छौं, हाम्रो खेलकुद डटकमसँग गृह जिल्ला कास्कीमा रहेका खेलकुद मन्त्री विश्वकर्माले भने,‘यहि दिन भन्न सकिन्न । प्रक्रिया पुरा गरेर समितिले सिफारिस गरेपछि त्यसपछि मन्त्रीपरिषद्को बैठकमा प्रस्ताव लगिनेछ । ’समान्यता मन्त्रीपरिषद्को बैठक सोमबार र बिहीबार बस्ने परम्परा छ । त्यसबाहेक आवश्यकता अनुसार पनि बैठक बस्ने सक्ने व्यवस्था छ । समान्यता अहिलेको अवस्थामा सोमबार बस्ने बैठकमा वा आउने सातामा बस्ने मन्त्रीपरिषद् बैठकमा सदस्य सचिवको प्रस्वात जाने सम्भावना देखिन्छ ।
खेलकुद विकास ऐन २०७७ अनुसार सदस्य सचिव छनोटका लागि मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सिफारिस ३ सदस्य समिति रहेको छ । जसको सदस्यमा इन्दिरा निरौला र रिम रानाभाट छन् ।

राखेपको सदस्य सचिवका लागि पहिलो पटक भएको आव्हानमा बुधबारसम्म निर्वतमान सदस्य सचिव रमेशकुमार सिलावलसहित १२ जनाको आवेदन बुझाएका छन् । त्यसमध्येबाट सिफारिस समितिले कम्तीमा एक महिलासहित ३ जनाको सिफारिस गर्नेछ । त्यसमध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले ४ वर्षका लागि सदस्य सचिव नियुक्त गर्नेछ ।

आवेदनका लागि एक दिन समय बाँकी रहँदा सिलवालले प्रतिनिधिमार्फत मन्त्रालयमा आवेदन दर्ता गराएका थिए । आवेदन दर्ता गराउने १२ मध्ये ३ जना महिला छन् । समितिका संयोजक थपलियाले समितिका सदस्यहरुले आवेदन दिनेहरुको कार्ययोजनाको अध्ययन गर्ने र त्यसछि कम्तीमा एक महिलासहित ३ जनाको नाम सिफारिस गर्ने बताएका छन् । उनले पनि सिफारिसको दिन भने तोक्न चाहेनन् ।

‘आज आवेदनको अन्तिम दिन हो । निवेदन दिनेहरुले बुझाउनु भएको कार्ययोजनाका अध्ययन गरिनेछ, उनले भने,‘ऐन र कार्यविधिमा भएको व्यवस्था अनुसार प्रक्रिया पुर्याएर सिफारिस गरिनेछ ।’

राखेप सदस्य सचिव सिफरिस समिति – इन्दिरा निरौला (सदस्य) , रामप्रसाद थपलियो (संयोजक) र रिम रानाभाट (सदस्य) ।

कार्यविधिमै सदस्य सचिवका लागि आवश्यक निवेदन नपरेमा वा परेका निवेदन पनि आयोग्य भएमा पुन अर्को सुचना जारी गर्न सक्ने व्यवस्था छ । दोस्रो पटक सुचना जारी गर्दा पनि आवश्यक संख्यामा निवेदन नपरेमा वा परेका निवेदनमा योग्य नभएमा समितिले उपयुक्त व्यक्ति छनोट गरि औचित्यका आधारमा सिफारिस गर्न सक्नेछ उल्लेख छ ।

छ दशक अघि स्थापना भएको राखेपमा पहिलो पटक खुला आव्हानद्वारा सदस्य सचिव नियुक्ती हुन लागेको हो । यसअघि राखेप सदस्य सचिवको नियुक्ती राजनीतिक आधारमा हुने परम्परा थियो । २०४६ सालपछि जसले खेलकुद मन्त्रालयको नेतृत्व गर्छ त्यहि पार्टीका नेता कार्यकर्तालाई सदस्य सचिव नियुक्त गर्ने परम्परा थियो ।

गत महिना राष्ट्रपति विद्यादेवी भण्डराीबाट प्रमाणीकरण भएको नयाँ ऐनअनुसार राखेपको सदस्यसचिवका लागि पाँचवटा मापदण्ड तोकिएको छ । जसमा नेपाली नागरिक, स्नातक उत्तीर्ण, ३० वर्ष पूरा भएको, कम्तीमा पाँच वर्ष खेलकुदको अनुभव र प्रचलित कानुनले अयोग्य नभएको हुनुपर्ने उल्लेख छ ।

निर्वतमान सदस्य सचिव सिलवाल नै अबको सदस्य सचिव नियुक्ती हुने सम्भावना बलियो रहेको छ । प्रधानमन्त्री केपी ओलीकै चाहनामा गत वर्ष सदस्य सचिव बनेका सिलवाल नै सबै भन्दा बलियो दाबेदार हुन् । गत वर्ष उनी नेपाल भलिबल संघको सिफारिसमा मन्त्री विश्वकर्माबाट सदस्य सचिव नियुक्त भएका थिए ।

नयाँ ऐनको व्यवस्था अनुसार मन्त्री परिषद्ले सदस्य सचिवको नियुक्त गर्नेछ । ओलीका विश्वास पात्र सिलवाल नै सिफरिसको पहिलो नम्बरमा पर्नेमा धेरैको विश्वास छ । सिलवालले आवेदन नदिएको खण्डमा आवेदन दिन चाहने खेलकुदमा थुप्रै थिए । सिलवालको आवेदनसँगै इच्छुक कतिपयले आवेदन दर्ता गराएनन् ।

राखेप सदस्य सचिवका लागि बुधबारसम्म आवेदन दिनेहरु

१. रोशन महर्जन

२. अनिल अधिकारी

३. हर्क बहादुर राई

४. मिना श्रेष्ठ

५. शिवराज भट्ट

६. लिल बहादुर थापा

७. रवि राजकर्णिकार

८. अच्युत लामिछाने

९. निलम बज्राजार्च

१०. रमेश कुमार सिलवाल

११. मेघराज पौडेल

१२. अन्जु श्रेष्ठ

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.