default_image

4 years ago

July 22, 2020

राजवैद्य एनओसीका कार्यकारी निर्देशक नियुक्त

काठमाडौं (हाम्रो खेलकुद)— नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो । एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन् । एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी […]

61 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)— नेपाल ओलम्पिक कमिटी (एनओसी) ले आफ्ना उपाध्यक्ष चतुरानन्द राजवैद्यलाई कार्यकारी निर्देशक नियुक्त गरेको छ । अखिल नेपाल टेबल टेनिस संघका अध्यक्ष समेत रहेका राजवैद्यलाई एनओसीले बुधबार कार्यकारी निर्देशक नियुक्त गरेको हो । एनओसीमा कार्यकारी निर्देशक हुने राजवैद्य पहिलो हुन् ।


एनओसी अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठ र कोषाध्यक्ष रतन टन्डनले राजवैद्यलाई कार्यकारी निर्देशकको आधिकारिक नियुक्ति पत्र हस्तान्तरण गरे । ओलम्पिक कमिटिको विधानको च्याप्टर ९ को आर्टिकल ३७ को उपधारा १ बमोजिम कार्यकारी बोर्डले एनओसीको दैनिक प्रशासकिय कार्य सञ्चालनको लागि राजवैद्यलाई कार्यकारी निर्देशक तोक्ने निर्णय गरेको थियो ।

एनओसी अध्यक्ष श्रेष्ठले राजवैद्यलाई बधाई दिदै एनओसीमा कार्यकारी निर्देशक पहिलोपटक नियुक्त गरिएकाले यो ऐतिहासिक रहेको बताएका छन् । पूर्व खेलाडी राजवैद्यले लगातार तीनपटक मेन्स डबल्समा राष्ट्रिय टेवल टेनिस च्याम्पियन बनेका थिए । एकलमा भने उनले तेस्रो स्थान हासिल गरेका थिए ।

उनले इन्टर कलेज टीटी च्याम्पियनसिप जितेको थियो । राजवैद्य २०४६ मा संघमा सदस्यको रुपमा प्रवेश गरेका थिए । त्यसपछि उनी कोषाध्यक्ष र २०६३ मा अध्यक्षमा निर्वाचित भएका थिए । त्यसयता उनी निरन्तर अध्यक्ष छन् । राजवैद्य २०११ देखि २०१५ सम्म एनओसी सदस्य रहेका थिए । गत वर्षको एनओसी साधारण सभाबाट उनी उपाध्यक्षमा निर्वाचित भएका थिए ।

May 6, 2024

कर्णाली हाफ म्याराथनमा ज्ञान खाद्यान्नको सहकार्य

सुर्खेत (हाम्रो खेलकुद) – यसै साता आयोजना हुने प्रथम कर्णाली हाफ म्याराथनलाई केएल दुगड ग्रुपको उत्पादन ज्ञान खाद्यान्नले मुख्य प्रायोजन गर्ने भएको छ । हाफ म्याराथन शनिबार आयोजना हुँदैछ । केएल दुगड ग्रुपको सहकार्यसँगै अब ज्ञान कर्णाली हाफ म्याराथन नामाकरण हुनेछ बताइएको छ । केएल दुगड ग्रुपको उत्पादन धारा तेल लामो समयदेखि नेपालगन्ज म्याराथनमा मुख्य […]

May 5, 2024

कञ्चन टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलको लागि छनोट

काठमाडौं (हाम्रो खेलकुद)- कञ्चन बस्न्यातले टर्किस एयरलाइन्स विश्व गल्फ कप काठमाडौं छनोटको उपाधि जितेका छन्। गोकर्ण गल्फ क्लबमा आइतबार ४२ स्टेबलफोर्ड अंक सहित उपाधि जित्दै उनले टर्किस एयरलाइन्स विश्व गल्फ कप फाइनलमा स्थान सुरक्षित गरे। सो प्रतियोगिता आगामी डिसेम्बरमा टर्कीको अन्टालियास्थित ग्लोरिया होटल एण्ड रिसोर्टमा हुनेछ। जहाँ कञ्चनले नेपालको प्रतिनिधित्व गर्नेछन्। टासी छिरिङ ४० अंक […]

May 5, 2024

काभ्रेमा अर्को महिना थ्री बाइ थ्री बास्केटबल हुने

काभ्रे (हाम्रो खेलकुद) – काभ्रे बास्केटबल संघको आयोजनामा अर्को महिना प्रथम अल नेपाल काभ्रे थ्री बाइ थ्री बास्केटबल हुने भएको छ । प्रतियोगितामा महिला र पुरुषतर्फको प्रतिस्पर्धा हुने काभ्रे बास्केटबल संघले जनाएको छ । काठमाडौं विश्वविद्यालयको बास्केटबल कोर्टमा जेठ २६ गते हुने प्रतियोगिताको दुवैतर्फको विजेताले २५ हजार र दोस्रो टोलीले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् […]

Success

Thank you for your time.