5 years ago
August 19, 2020
काठमाडौं (हाम्रो खेलकुद)– राष्ट्रिय खेलकुद विकास ऐन २०७७ ले राष्ट्रिय खेलकुद परिष्द (राखेप)मा ७ सदस्यीय कार्यकारी समितिको व्यवस्था गरेको छ । जसको सचिवमा राखेप प्रशासन प्रमुख रहने व्यवस्था छ ।

सोही व्यवस्था अनुसार राखेपका प्रशासन विभाग प्रमुख कुलबहादुर थापा स्वतः कार्यकारी समितिको सचिवमा मनोनित भएका छन् । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार थापालाई सचिवको जिम्मेवारीको पत्र हस्तान्तरण गरे ।
२०५२ सालमा शाखा अधिकृतबाट राखेपमा प्रवेश गरेका थापालाई प्रवक्ताको समेत जिम्मेवारी दिइएको थियो । ७ सदस्यीय कार्यसमितिमा अब ४ जना सदस्य मनोनित हुन बाँकी रहेको छ । राखेप सदस्य सचिव संयोजक रहने कार्यकारी समितिमा युवा तथा खेलकुद मन्त्रालयको खेलकुद महाशाखाका प्रमुख सदस्य रहने व्यवस्था छ ।
अब राखेपका सदस्यमध्येबाट अध्यक्षले मनोनित गरेको कम्तीमा एक जना महिलासहित २ तथा राखेपकाको सदस्यमध्येबाट राखेपले मनोतिन गरेका कम्तीमा एक महिलासहित २ जना कार्यकारी समितिको सदस्य नियुक्त हुनेछन् ।
साढे दुई दशक भन्दा लामो समय राखेपमा रहेका थापाले मुख्यतः समारोह समितिको जिम्मेवारी निर्वाह गर्दै आएका छन् । सन् १९९९ मा आयोजना भएको आठौं दक्षिण एसियाली खेलकुद (साग) को समारोह समितिको सह संयोजक रहेका थापाले गत वर्ष आयोजना भएको १३ औं सागमा सोही समितिको संयोजकको भूमिका निर्वाह गरेका थिए ।
२०६५ मा आयोजना भएको पाँचौं राष्ट्रिय खेलकुद, २०६८ को छैटौं, २०७३ को सातौं र २०७५/७६ मा आयोजना भएको आठौं संस्करणमा पनि थापाले समारोह समितिको संयोजकको भूमिका निर्वाह गरेका थिए ।
कार्यकारी समितिले मुख्य त राखेपको योजना तयार गर्ने गर्दछ । थापाले कर्मचारीका तर्फबाट कार्यकारी समितिमा जिम्मेवारी पाउँदा खुसी लागेको जनाउँदै लामो अनुभवका आधारमा ऐनको दायरामा रहि खेलकुद विकासका लागि भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]