default_image

5 years ago

August 19, 2020

भट्टराईको संयोजकत्वमा छानविन उपसमिति गठन

135 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद विकास ऐन २०७७ लागु भएपछि गठन भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्नै मातहतमा भएका काममा आर्थिक अनियमितता भएको भन्ने आरोपको छानविनका लागि समिति गठन गरेको छ ।

राखेपले बोर्डका सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ५ सदस्य छानविन उपसमिति गठन गरेको छ । राखेप सदस्य सचिव रमेशकुमार सिलवालले बुधबार भट्टराईलाई संयोजकको पत्र हस्तान्तरण गर्नु भयो ।

उपसमितिको सदस्यमा राखेप तालिम तथा प्रशिक्षण विभागका प्रमुख अर्जनवहादुर विक, राष्ट्रिय टिम तयारीका प्रमुख महेन्द्रकुमार राई,कानुन शाखा प्रमुख नारायण अर्याल र लेख अधिकृत पासङ फिजिङ शेर्पा छन् ।

उप समितिले १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत ब्याडमिन्टन खेलका नेपाली खेलाडीले जुत्ता नपाएको,खेल पोशाक र खेल सामाग्री गुणस्तर नभएको भन्ने आरोप नेपाल ब्याडमिन्टन संघका उपाध्यक्ष सुभाष श्रेष्ठले लगाएका थिए । श्रेष्ठ पनि राखेप बोर्ड सदस्य छन् ।

सागमा ब्याडमिन्टनमा सहभागी खेलाडीलाई दिने समानमा अनियमिति भएको भन्ने सञ्चार प्रकाशित भएपछि युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा) ले छानविन प्रक्रिया अघि बढाउन राखेप सदस्य सचिव सिलवाललाई निर्देशन दिएका थिए । त्यसै निर्देशन अनुसार सिलवालले उप समिति बनाएर २१ दिन भित्र प्रतिवेदन बुझाउन भनेको छ ।

राखेपले उप समितिलाई सातदोबाटो स्थित अन्तराष्ट्रिय खेल परिसरमा गत महिना रुख कटान गरिएको सम्बन्धमा पनि छानबिन गरि प्रतिवेदन बुझाउन जिम्मवोरी दिएको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.