default_image

4 years ago

August 26, 2020

चन्द्रकलामाथि आक्रमण गर्नेलाई कारवाहीको माग

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको घटनामा नेपाल एथलेटिक्स संघले भर्त्सना गरेको छ । नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बुधबार विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःखी व्यक्त गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । झापा मेचीनगर १९ चारआलीमा चिया पासल चलाउँदै […]

50 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – आठौं राष्ट्रिय खेलकुदकी दोहोरो स्वर्ण पदक विजेता एथलेटिक्सकी कीर्तिमानी खेलाडी चन्द्रकला लामगादेमाथि भएको कुटपिटको घटनामा नेपाल एथलेटिक्स संघले भर्त्सना गरेको छ ।

नेपाल एथलेटिक्स संघका अध्यक्ष राजीव विक्रम शाहले बुधबार विज्ञप्ती जारी गर्दै घटनाप्रति दुःखी व्यक्त गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेका छन् । झापा मेचीनगर १९ चारआलीमा चिया पासल चलाउँदै आएकी कीर्तिमानी राष्ट्रिय खेलाडी चन्द्रकलालाई सोमबार राती छिमेकी दुर्गा श्रेष्ठ र उनकी श्रीमती विष्णुले हातपात गरेका थिए ।

श्रेष्ठका दम्पतीबाट लखटिएका चारआलीका राजन दर्जी आत्तिदै र गुहार माग्दै चन्द्रकलाको पसलमा पसेका थिए । जातीय विभेदयुक्त गाली गर्दै आफ्नो पसमा आएका श्रेष्ठ दम्पतीलाई चन्द्रकलाले रोक्न खोजिन् । तर, श्रेष्ठ दम्पती त पनि तल्लो जाती रैछ्स भन्दै चन्द्रकलामाथी नै कुटपिटमा उत्रिए ।

नेपाल पुलिस क्लबकी चन्द्रकला कुटाईबाट घाइते भएकी छिन् । सात महिनाकी गर्भवती रहेकी उनको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भइरहेको छ । चन्द्रकलाका श्रीमान् सुमन खातीलाई पनि श्रेष्ठले कुटपिट गरेका थिए । कोरोना महामारीका कारण चैत ११ गते लकडाउन हुनुअघि चन्द्रकला घर गएकी थिइन् ।

२१ औं शताब्दीमा पनि जातीय विभेदका शब्दमा लागी गर्नु दण्डनीय भएको जनाउँदै एथलेटिक्स संघका अध्यक्ष यस्तो घटनामा सलग्नको जति आलोचना गरे पनि कम हुने बताएका छन् । संघले चन्द्रकलाको उपचारमा २१ हजार रुपैयाँ सहयोगको घोषणा समेत गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाले श्रेष्ठ दम्पती पक्राउ गरिसकेको बताएको छ ।

चन्द्रकलाले पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद र प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद दुवैमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटरको नयाँ कीर्तिमान राख्दा आफ्नै कीर्तिमान् तोडेकी थिइन् । आठौंमै उनले ज्याभलिन थ्रोमा त्यसअघि आफ्नै नाममा रहेको कीर्तिमान तोड्ने क्रममा ४४.०४ मिटर थ्रो गरेर नयाँ कीर्तिमान राखेकी थिइन् ।

April 23, 2024

केएनपी नेरोलेक महिला भलिबल– न्यु डायमन्ड र आर्मीबीच पहिलो खेल

काठमाडौं (हाम्रो खेलकुद)– शेरबहादुर खड्का स्मृति प्रतिष्ठानको आयोजना बुधबार सुरु हुने केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगितामा ४ टोलीको मात्र सहभागिता रहने भएको छ । आयोजकले मंगलबार राखेको टेक्निकल मिटिङले प्रतियोगिता भाग लिन नसक्ने जानकारी दिएको प्रतिष्ठानका अध्यक्ष रन्जन खड्काले जानकारी दिए । अब प्रतियोगिता राउन्ड रोविनका आधारमा हुने भएको छ । सहभागी टोलीका प्रतिनिधिको […]

April 23, 2024

भुवनलाई एक स्ट्रोकको अग्रता

काठमाडौं (हाम्रो खेलकुद) : इभन-पार ६८ को स्कोरमा भुवन नगरकोटी सूर्य नेपाल काठमाडौं ओपनको पहिलो दिन मंगलबार एक स्ट्रोकको अग्रता सहित शीर्षस्थानमा रहेका छन्। उनले रवि खड्का, भुवन कुमार रोक्का र निरज तामाङलाई एक स्ट्रोकले पछि पारेका हुन्। रवि, भुवन र निरजले भने पहिलो दिनको खेल १-ओभर ६९ मा सकाउँदै संयुक्तरुपमा दोस्रो स्थान बाँडे। २-ओभर […]

April 22, 2024

सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने

काठमाडौं (हाम्रो खेलकुद) – सूर्य नेपाल गल्फ टुर २०२३–२४ अन्तर्गतको सातौं प्रतियोगिताका रुपमा रहेको सूर्य नेपाल काठमाडौं ओपन मंगलबार सुरु हुने भएको छ । रोयल नेपाल गल्फ क्लबमा ७२ होलको ४ दिने प्रतियोगिता शुक्रबारसम्म चल्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । उपाधिको लागि ३२ प्रोफेसनल र ८ एमेच्योर गरी कुल ४० गल्फरहरूले दाबेदारी प्रस्तुत […]

Success

Thank you for your time.