5 years ago
August 28, 2020
हिमाल खरेल, बिर्तामोड
जातीय विभेदका कारण पाँच दिनअघि कुटपिटमा परेकी एथलेटिक्सकी राष्ट्रिय कीर्तिमानी खेलाडी चन्द्रकला लामगादे आज (शुक्रबार) अस्पतालबाट डिस्चार्ज हुने भएकी छन् ।

तस्बिर : एथलेटिक्स संघका केन्द्रिय सदस्य कुमार श्रेष्ठ चन्द्रकलाको अवस्थाबारे जानकारी लिँदै
चन्द्रकलाको बिर्तामोडस्थित बिएन्डसी अस्पतालमा उपचार भएको थियो । मेचीनगर–१३ चारआलीका राजन दर्जीलाई गालीगलौज गर्दै लखेटिरहेका स्थानीय दुर्गा श्रेष्ठ र विष्णु श्रेष्ठ दम्पतीले चन्द्रकलामाथि बेल्टले निर्घात प्रहार गरेका थिए । श्रेष्ठ दम्पतीबाट लखटिएका दर्जी गुहार माग्दै चन्द्रकलाको पसलमा पसेका थिए ।
जातीय विभेदयुक्त गाली गर्दै आफ्नो पसमा आएका श्रेष्ठ दम्पतीलाई चन्द्रकलाले रोक्न खोजिन् । तर, श्रेष्ठ दम्पती त पनि तल्लो जातकी रैछस् भन्दै कुटपिटमा उत्रिएका थिए । सात महिनाकी गर्भवती रहेकी उनी चैत ११ गते लकडाउन हुनुअघि काठमाडौंबाट घर आएकी थिइन् । चन्द्रकलाका पति सुमन खातीलाई पनि श्रेष्ठले कुटपिट गरेका थिए । चन्द्रकला आफ्ना पतिका साथ चारआलीमा काठमाडौं स्पेसल मःमः सेन्टर सञ्चालन गर्दै आएकी छन् ।
जिल्ला प्रहरी कार्यालय झापाले श्रेष्ठ दम्पतीलाई पक्राउ गरेर आवश्यक कारबाही बढाएको जनाएको छ । जातीय रूपमा होच्याउँदै आक्रमण गर्ने श्रेष्ठ दम्पतीविरुद्ध इलाका प्रहरी कार्यालय धुलाबारीमा जाहेरी दर्ता भएपछि प्रहरीले पक्राउ गरेको थियो ।

जिल्ला अदालत झापाबाट पाँच दिन म्याद लिएर उनीहरूमाथि अनुसन्धान भइरहेको छ । आज म्याद सकिएको छ । तर, अनुसन्धान नसकिएकाले अदालतबाट पुनः म्याद थपेर श्रेष्ठ दम्पतीमाथि सोधपुछ गरिने जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डिएसपी राकेश थापाले जानकारी दिए ।
चन्द्रकलाले पूर्वाञ्चलमा भएको सातौँ राष्ट्रिय खेलकुद र प्रदेश ५ मा भएको आठौं राष्ट्रिय खेलकुद दुवैमा सटपुट र ज्याभलिन थ्रोमा स्वर्ण पदक जितेकी थिइन् । उनले आठौं राष्ट्रिय खेलकुदमा एथलेटिक्सको सटपुटमा १२.०४ मिटरको नयाँ कीर्तिमान राख्दा आफ्नै कीर्तिमान् तोडेकी थिइन् । आठौंमै उनले ज्याभलिन थ्रोमा त्यसअघि आफ्नै नाममा रहेको कीर्तिमान तोड्ने क्रममा ४४.०४ मिटर थ्रो गरेर नयाँ कीर्तिमान राखेकी थिइन् ।

राखेपको ध्यानाकर्षण
एथलेटिक्स खेलाडी चन्द्रकला लामगादेमाथि दलित भएको आधारमा निर्धात कुटपिट भएको समाचारमा आफ्नो ध्यानाकर्षण भएको राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले जनाएको छ । सोमबार जातिय गालीगलोज गर्दै दुर्गा श्रेष्ठ र विष्णु श्रेष्ठ दम्पतीले चन्द्रकलालाई बेल्टले निर्घात प्रहार गरेका थिए ।
राखेपका उपाध्यक्ष शिव कोइराला ज्वालाद्धारा बिहीबार जारी विज्ञप्तीमा त्यस्ता जघन्य एवंम मानवता विरोधी कार्य हुन प्रचलित संविधान कानुन एवंम राज्यलाई नै चुनौती दिन खोजिएको महसुस हुने उल्लेख गरिएको छ ।
विज्ञप्तीमा भनिएको छ, ‘उक्त पाशविक एवंम अमानवीय घटनाका दोषी माथि प्रचलित कानुन बमोजिम हदै सम्मको कारवाही हुन राज्यका सम्बद्ध निकायहरुको गम्भिर ध्यानाकर्ष हुन जरुरी रहेको छ ।’ चन्द्रकलाको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै राखेपबाट आवश्यक सहयोग एवं पहलका लागि प्रतिबद्धता समेत व्यक्त भएको छ ।
त्यसअघि बुधबार नेपाल एथलेटिक्स संघ र नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले चन्द्रकलामाथि भएको कुटपिटको भत्र्सना गर्दै दोषीमाथि कडा कारवाहीको माग गरेको थियो । एथलेटिक्स संघले चन्द्रकलाको उपचारका लागि २१ हजार रुपैयाँ सहयोग समेत गरेको थियो ।

December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]