5 years ago
August 28, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित थप ३ जनालाई कोराना भाइरस कोभिड १९ संक्रमणको पुष्टी भएको छ ।

साउन ३२ गतेको परिक्षणमा एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो । त्यसपछि सातदोबाटोस्थित एनओसीमा नियमित गइराख्ने पदाधिकारी र अन्य कर्मचारी गरि २० जनाको स्वाब टेष्ट गरिएको थियो ।
त्यसमध्ये आफुसहित ३ जनालाई संक्रमण भएको पुष्टी भएको एनओसी महासचिव श्रेष्ठले जानकारी दिए । उनका अनुसार संक्रमण भएपनि तीनै जनालाई कोभिड १९ को लक्षण भने देखिएको छैन ।
‘तीन दिन हाम्रो रिपोर्ट पोजेटिभ आएको छ । अहिले हामी तीन जना आइसोलेसनमा छौं,’ श्रेष्ठले शुक्रबार भने, ‘हामीलाई लक्षण देखिएको छैन । घरका अन्य व्यक्तिहरुलाई संक्रमण नहोस् भन्नका लागि हामी आइसोलेसनमा बसेका हौं ।’
श्रेष्ठले कोरोना संक्रमण देखिने वित्तिकै आत्तिन नपर्ने उल्लेख गर्दै भने, ‘अब यो समुदाय स्तरमै फैलिसकेकोले जो कोहिलाई पनि हुन सक्छ । त्यसैले हरेकले आफ्नो ख्याल आफै गर्न आवश्यक छ ।’
आइसोलेसनको १४ दिनपछि पुनः स्वाब परिक्षण गरिने पनि श्रेष्ठले बताए । कोरोना संक्रमण समुदायमा नै फैलन थालेपछि एनओसीले दुई साता भन्दा अघि बाट कार्यलय बन्द गरि ‘वर्क फ्रम होम’ को नीति लिएको थियो ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]