default_image

5 years ago

September 1, 2020

पहिलो अन्तर्राष्ट्रिय पदक विजेता केसीलाई कोरोना संक्रमण

145 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपालका लागि पहिलो अन्तर्राष्ट्रिय पदक विजेता जीतबहादुर केसी कोरोना भाइरस कोभिड १९ संक्रमण भएको छ ।


दिसामा रगत देखिएपछि उपचारका लागि अस्पताल पुर्याउँदा पिसिआर परिक्षण गर्न भनेपछि संक्रमण भएको थाहा भएको केसीका छोरा योगेन्द्रले हाम्रो खेलकुदलाई जानकारी दिए ।

‘बुबालाई सोमबार अलि सन्चो भएन । सुरुमा बान्ता गर्नुभयो । त्यसपछि दिसामा रगत देखिएपछि बयोदा अस्पताल लग्यौं,’ छोरा योगेन्द्रले भने, ‘पिसिआर परिक्षण पछि मात्र भर्ना गर्न मिल्छ भने पछि हामीले स्टार अस्पतालमा लगेर परिक्षण गरायौं । साँझ रिपोर्ट लिन बोलाएको थियो तर पछि फोन आउँछ भनेपनि हामीलाई शंका भयो ।’

योगन्द्रले अगाडि भने, ‘हिजो टेकु अस्पतालबाट फोन आयो । पोजेटिभ आएको छ अब केहि दिनमा वडाको मान्छेहरु आउनुहुन्छ होला भन्नुभएको छ । अहिले बुबा घरमै आइसोसेलनमा हुनुहन्छ । लक्षण केहि देखिएको छैन । दिसामा रगत देखिएको त्यसको औषधी भने चलाइरहेका छौं ।’

७२ वर्षे केसीले नेपालका लागि सन् १९७३ मा फिलिपिन्समा भएको एसियन एथलेटिक्स च्याम्पियनसिपमा कास्य पद जितेका थिए । काठमाडौ महानगरपालिका १४, कंलकी राना गाँउ घर भएका केसी परिवारका साथ बस्दै आएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले केसीका बारेमा युवा तथा खेलकुद मन्त्रालय र नेपाल ओलम्पिक कमिटीलाई जानकारी दिएको बताएका छन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.