5 years ago
September 5, 2020
काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) का महासचिव निलेन्द्रराज श्रेष्ठसहित एनओसीका ४ जना कोराना भाइरस कोभिड–१९ संक्रमणमुक्त भएका छन् ।

एनओसीको शनिबार बसेको भर्चुअल बैठकमा महासचिव श्रेष्ठ र ३ जना कर्मचारी कोरोना मुक्त भएको जानकारी गराइएको थियो । साउन तेस्रो साता नै एनओसीका २ कर्मचारीलाई कोरोना संक्रमणको पुष्टी भएको थियो ।
अर्को पटकको परिक्षणमा महासचिव श्रेष्ठ र अर्का एक कर्मचारीलाई संक्रमण देखिएको थियो । संक्रमण भएपनि तीनै जनालाई कोभिड १९ को लक्षण भने देखिएको थिएन ।
यसैबीच, एनओसीले सबै ओलम्पियनको कोरोना बीमा गरिदिने भएको छ । भर्चुअल बैठकले ओलम्पिकमा भाग लिने सबै नेपाली खेलाडीको कारोना बीमा गर्ने निर्णय गरेको एनओसीले विज्ञप्तीमार्फत जनाएको छ ।
यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको छ । यस्तै बैठकले कोरोना संक्रमित ओलम्पियन जितबहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ । केसी पनि कोरोना संक्रमण भएको छ ।
बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन दिदै सबैलाई डब्लुएचओ र नेपाल सरकारले दिएको नियमलाई पालना गर्न आग्रह गरेको छ ।
December 8, 2025
काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]
December 6, 2025
हिमाल खरेल, बिर्तामोड नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]