default_image

4 years ago

September 5, 2020

एनओसीले सबै ओलम्पियनको कोरोना बीमा गरिदिने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो । यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै […]

64 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल ओलम्पिक कमिटी (एनओसी) ले सबै ओलम्पियन खेलाडीको कोरोना बीमा गरिदिने भएको छ । एनओसीको शनिबार बसेको भर्चुअल बैठकले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्ने सबै खेलाडीको बीमा गरिदिने निर्णय गरेको हो ।

यस्तै बैठकले ओलम्पियनसँगै ओलम्पिकको तयारी गरिरहेका खेलाडी र प्रशिक्षक, ओलम्पिक कमिटिकी पदाधिकारी, साधारण सभा सदस्य, एनओसी कमिसनका सदस्य तथा सबै कर्मचारीको समेत कोरोना बिमा गर्ने निर्णय गरेको छ ।

अहिले सम्ममा नेपालबाट ८५ खेलाडीले भाग लिएको बताइएको छ । ती मध्ये तेक्वान्दो .का संगिना र दीपक विष्टले मात्र छनोट चरण पार गरेर ओलम्पिक खेलेका थिए । बाँकी सबै खेलाडीले वाइल्ड कार्डमार्फत ओलम्पिकमा देशको प्रतिनिधित्व गरेका थिए ।

संगिनाले २००४ को एथेन्स ओलम्पिक र दीपकले २००८ को बेजिङ ओलम्पिकमा भाग लिएका थिए । ओलम्पियन मध्ये केहि विदेशमा बसोबास गर्दै आएका छन् । केहिको भने मृत्यु भइसकेको एनओसीले जनाएको छ ।

यसैबीच,एनओसीले कोरोना संक्रमित महासचिब निलेन्द्रराज श्रेष्ठसहित अन्य ४ कर्मचारी कोरोनामुक्त भएको समेत जनाएको छ । यस्तै बैठकले कोरोना संक्रमित नेपालका पहिलो अन्तर्राष्ट्रिय पदक विजेता समेत रहेका ओलम्पियन जितबहादुर केसीलाई स्वास्थ्यलाभको कामना गरेको छ । केसी पनि कोरोना संक्रमण भएको छ ।

बैठकले एनओसीको मेडिकल कमिसनका अध्यक्ष डाक्टर सरोज कृष्ण श्रेष्ठलाई संघको कार्यालय संचालनका लागि नयाँ सुरक्षा प्रोटोकल तयार गर्न निर्देशन दिदै सबैलाई डब्लुएचओ र नेपार सरकारले दिएको नियमलाई पालना गर्न आग्रह गरेको छ ।

April 26, 2024

निरजलाई सूर्य नेपाल काठमाडौं ओपनको उपाधि

काठमाडौं (हाम्रो खेलकुद)- निरज तामाङले कोर्स रेकर्ड बराबरी गर्दै समग्रमा ८-अन्डर २ सय ६४ को स्कोरमा भुवन नगरकोटीलाई एक स्ट्रोकले हराउँदै शुक्रबार सूर्य नेपाल काठमाडौं ओपनको उपाधि जितेका छन्। उनको यो करियरको पहिलो प्रमुख उपाधि हो। सूर्य नेपाल काठमाडौं ओपनको अन्तिम दिन धरानका प्रो निरजले ८-अन्डर ६० को सानदार नतिजामा शिवराम श्रेष्ठको कोर्स रेकर्ड बराबरी […]

April 26, 2024

गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस सुरु

ललितपुर (हाम्रो खेलकुद)-   नेपाल लोकतान्त्रिक खेलकुद संघ स्थापना दिवसको उपलक्ष्यमा नवौं गणेशमान सिंह स्मृति राष्ट्रिय रेटिङ चेस प्रतियोगिता शुक्रबार सुरु भएको छ। नेपाली काँग्रेस पार्टी कार्यालय सानेपामा प्रारम्भ भएको प्रतियोगितामा‌ देशभरका १ सय १२ खेलाडीको सहभागिता छ। पहिलो पुरस्कार यामाहा सलुटो मोटरसाइकल सहित कुल ६ लाख ३७ हजार ४ सय रुपैयाँ पुरस्कार रहेको प्रतियोगितामा कपिलवस्तु  जिल्लाका […]

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

Success

Thank you for your time.