default_image

5 years ago

September 6, 2020

कांग्रेस खेलकुद विभागद्वारा १८ जनाको कोरोना बीमा

120 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– नेपाली कांग्रेसको खेलकुद विभागले ओलम्पिक छनोटको तयारीमा रहेका प्रशिक्षक र तीनका प्रशिक्षकको कोरोना बीमा गरिदिएको छ ।

जापानमा अर्को वर्ष आयोजना हुने ओलम्पिकको छनोट खेल्नेको तयारीमा रहेका खेलाडीको मनोबल उच्च बनाइराख्न यो कठिन अवस्थामा उनीहरुको कोराना बीमा गरेको विभागका सचिव मीनकृष्ण महर्जनले बताए ।

यो वर्ष आयोजना हुनुपर्ने टोकियो ओलम्पिक कोरोना भाइरस कोभिड १९ कै कारण अर्को वर्षका लागि सारिएको छ । विभागले १२ खेलाडी र ६ प्रशिक्षक गरि १८ जनाको जनही १ लाख रुपैयाँको बीमा गरेको हो ।

यसरी बीमित हुने खेलाडीमा करातेकी अनु अधिकारी, नविन रसाइली, आचरीका ज्ञानु अवाले, तिलक पुन मगर, तेक्वान्दोका वीरबहादुर महरा, सुटिङका सुष्मिता नेपाल र कल्पना परियार छन् । त्यस्तै भारोत्तोलनकी कमला श्रेष्ठ, सञ्जु चौधरी, पौडीकी गौरिका सिंह र एलेक्स जंग शाह तथा जुडोका इन्द्रबहादुर श्रेष्ठ छन् ।

त्यस्तै बीमा गरिएका प्रशिक्षकमा आर्चरीका कृष्णमाया स्याङ्तान, करातेका दीपक श्रेष्ठ, सुटिङका असिम यादव, भारोत्तोलनका सञ्जय महर्जन, तेक्वान्दोका योङदाल क्वान र जुडोकी देवु थापा छन् ।

गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)को प्रदर्शनका आधारमा ओलम्पिक छनोटका लागि नेपाल ओलम्पिक कमिटीले खेलाडीको छनोट गरेको थियो । तर , कोराना संक्रमण समुदायमा नै फैलन थालेपछि खेलाडीको प्रशिक्षण भने रोकिएको छ ।

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.