default_image

5 years ago

September 15, 2020

फुड बैंकमा सागका स्वर्ण पदक विजेता महर्जनको सहकार्य

182 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता रवि महर्जनले आर्थिक रुपमा कठिनाई परेका झन्डै २ सय परिवारलाई मंगलबार खाद्यान्न सहयोग गरेका छन् ।

नेपाली कांग्रेस खेलकुद विभागका सचिव मीनकृष्ण महर्जनको संयोजनमा लतिलपुर क्षेत्र नंं १ चापागाँउमा सञ्चालित फुड बैंकमार्फत स्वर्ण पदक विजेता महर्जनले खाद्यान्न सहयोग गरेका हुन् ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का पूर्व कोषाध्यक्ष एवंम पूर्व अन्तर्राष्ट्रिय खेलाडी मीनकृष्ण महर्जनको संयोजनमा २१ दिन यता फुड ब्याक सञ्चालन भइरहेको छ । ‘हुनेले दिएर जाउँ,नहुनेले लिएर जाउँ’ भन्ने नाराका साथ फुड बैंक सञ्चालन गरिएको महर्जनले जानकारी दिए ।

चापागाउँमा सुरु भएको फुड ब्याक ठेचो धापाखेल लुभु हरिसिद्धी लगाएत ललितपुर महानगपालिकाको विभिन्न वडा हरुमा सञ्चालन भइरहेको बताइएको छ । कोरोना भाइरस कोभिड १९ का कारण दैनिक ज्यालादारी गर्ने, कमजोर आर्थिक अवस्था भएका र डेरा गरि बस्नेका लागि मुख्यतः खाद्यान्न सहयोग गरिएको महर्जनले बताए ।

‘कोभिड १९ का कारण धेरैले आफ्नो रोजगारी गुमाएका छन्, दैनिक ज्यालादारी गर्ने र आर्थिक अवस्था कमजोर भएकालाई आफ्नोतर्फबाट फुड बैंकमार्फत सहयोग गरेको हु , ‘स्वदेशमा सन् १९९९ मा आयोजना भएको आठौं सागका करातेका स्वर्ण पदक विजेता महर्जनले भने,’ हुनेले दिने नहुनेले लिएर जाने अभियानमा समावेश हुँदा खुसी लागेको छ । आफ्नो जिल्लामा सहयोग गर्नु मेरो पनि कर्तव्य हो ।’
फुड बैंकमार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले पनि खाद्यान्न सहयोग गरेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.