default_image

4 years ago

September 17, 2020

राखेपको विभिन्न विभागमा जिम्मेवारी फेरबदल

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ । आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि […]

31 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आफ्ना ४ कर्मचारीको जिम्मेवारी हेरफेर गरेको छ । राखेपले भदौ ३१ गतेको निर्णयानुसार जिम्मेवारी फेरबदल गरिएको जनाएको छ ।

आपूर्ति तथा भण्डार शाखाका प्रमुख वज्र केसीलाई विद्यालय खेलकुद विकास विभागको जिम्मेवारी दिइएको छ । सुजन खतिवडालाई भण्डार शाखा प्रमुखको जिम्मेवारी दिइएको छ । उनी यसअघि पनि भण्डार शाखामै कार्यरत थिए ।

इन्द्रबहादुर कार्की संघ संस्था समन्वय शाखा प्रमुख बनाइएका छन् । कार्की १३ औं दक्षिण एसियाली खेलकुद (साग) तयारी सचिवलयमा कार्यरत थिए । यसअद्धि संघ संस्था शाखाका प्रमुख ज्ञानेन्द्र श्रेष्ठले गत महिना अनिवार्य अवकाश पाएपछि त्यसको प्रमुखको पद रिक्त थियो ।

त्यस्तै शारदा दाहालले सामान्य प्रशासन शाखाको प्रमुखको जिम्मेवारी पाएकी छिन् । उनी पनि सोही शाखामा थिइन् । सामान्यका प्रमुख लवभक्त श्रेष्ठले गत असारमा राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।

केसी २०४५ साल तथा अन्य कर्मचारी २०५३ सालमा राखेपमा आबद्ध भएका थिए ।
राखेपका सदस्य–सचिव रमेशकुमार सिलवालले बिहीबार उनीहरुलाई पत्र हस्तान्तरण गर्दै प्राप्त नयाँ जिम्मेवारीलाई कुशलतापूर्वक निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

March 28, 2024

सुष्मा सेमिफाइनलमा

काठमाडौं (हाम्रो खेलकुद)- लुम्बिनी प्रदेशकी सुष्मा तामाङ र कर्णाली प्रदेशकी अस्मिता दुवाल छैटौं वीर गणेशमान सिंह राष्ट्रिय बक्सिङ प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेका छन् । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी प्रतियोगितामा बिहिबार महिला ५० केजीमा सुष्माले मधेश प्रदेशकी मनीषा राई तथा अस्मिताले एपीएफकी सन्जुमाया थिङलाई पराजित गर्दै अन्तिम चारको यात्रा तय गरे । महिला ५४ […]

March 28, 2024

भलिबल संघ र केल्मीबीचको सम्झौता नविकरण

काठमाडौं (हाम्रो खेलकुद)– अन्तर्राष्ट्रिय खेल पोशाक तथा सामग्री निमार्ण कम्पनी केल्मी स्पोर्टस प्रोडक्ट कम्पनीले राष्ट्रिय खेल भलिबललाई आफ्नो प्रायोजनमा निरन्तरता दिएको छ । केल्मीको नेपालका लागि आधिकारिक विक्रेता कामारु ट्रेडिङ प्राली र नेपाल भलिबल संंघबीच बिहीबार ३ वर्षका लागि सम्झौता नविकरण भएको हो । कामारुका निर्देशक प्रदीप न्यौपाने र संघका अध्यक्ष जीतेन्द्रबहादुर चन्दले सम्झौता पत्रमा […]

March 28, 2024

राष्ट्रपतिलाई निमन्त्रणा

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिताको उद्घाटन समारोहको प्रमुख अतिथिका लागि राष्ट्रपति रामचन्द्र पौडेललाई बिहीबार निमन्त्रणा गरेको छ । राखेपको आयोजनामा १४ औं केन्द्रस्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगिता वैशाख ४ देखि ६ गते काठमाडौंमा हुँदैछ । सदस्य सचिव टंकलाल घिसिङले शितल निवासमा राष्ट्रपति […]

Success

Thank you for your time.