default_image

5 years ago

September 19, 2020

खेलाडी संघ भन्छ – ‘खेलाडीको अपमान भएको छ’

297 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– देशले संविधान दिवस मनाइरहँदा नेपाली खेलाडी र खेलकुद क्षेत्रले भने अपमान महसुस गर्नुपरेको खेलाडीको अविभावक संस्था नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघले बताएको छ ।

संविधान दिवसका दिन शनिबार राष्ट्रपतिबाट विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवी, अलंकार र पदकद्वारा विभूषण घोषणा हुँदा गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडीलाई वेवास्ता गरिनुलाई खेलाडीको अपमान भएको जनाएको छ ।

तीन विभाग (सेना, प्रहरी र शसस्त्र) बाट सिफारिस भएका सागका १५ जना स्वर्ण पदक विजेतासहित ओलम्पियन संगिना वैद्य, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल, राखेपका विभागिय प्रमुख कुलबहादुर थापामात्र खेल क्षेत्रबाट विभूषित भएका छन् ।

खेलकुद क्षेत्रबाटसहित मानपदवी पाउने सबैलाई बधाई दिदै संघका अध्यक्ष दीपक श्रेष्ठद्धारा शनिबार जारी विज्ञप्तीमा भनिएको छ, ‘तर देशले विभिन्न कार्यक्रममार्फत संविधान दिवस मनाईरहँदा सिंगो खेल क्षेत्र भने निराश हुनुपर्ने अवस्था श्रृजना भएको छ ।

गत वर्ष १३ औं साग आयोजना हुँदा खेलाडीले गरेको उच्च प्रदर्शनबाट नेपालले साग इतिहासमै अहिले सम्मकै ठूलो सफलता प्राप्त गरेको थियो । नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९६ कास्य पदक सहित साग इतिहासमा सर्वाधिक पदक जितेको वर्ष दिन पनि भएको छ ।’

गत वर्ष मंसिर १५ देखि २४ गते सम्म १३ औं साग काठमाडौं, पोखरा र जनकपुरमा आयोजना भएको थियो । सागको सफलतामा देशवासीले खेलाडी, प्रशिक्षकसहित सम्बन्धित सबैलाई बधाई दिएको स्मरण गर्दै खेलाडी संघले भनेको छ, ‘त्यो सफलताका लागि खेलाडी सम्मानको हकदार थिए । त्यो सम्बन्धित निकाय ध्यान दिनुपर्ने विषय थियो । खेलाडीले आफ्नो जिम्मेवारी सफलतापूर्वक पूरा गरेका थिए, तर अहिले सरकारले विभिन्न क्षेत्रका व्यक्तित्वहरुलाई मानपदवीबाट सम्मान गर्दा खेल क्षेत्रले भने अपमान महसुस गर्नुपर्ने दुःखद अवस्था सृजना भएको छ ।’

युवा तथा खेलकुद मन्त्रालयको निर्देशन भन्दै राखेपले १३ औं सागका स्वर्ण पदक विजेता यहि मानपदवीका लागि भन्दै फारम भर्न लगाइएको प्रसंग उठाउँदै संघले आफ्नो विज्ञप्तीमा भनेको छ, ‘पदक विजेता हरेक खेलाडी मानपदवीको हकदार हुन् । त्यसका वावजुद पनि स्वर्ण पदक विजेता खेलाडीले फारम भरेर राखेपलाई बुझाएपनि आज सुची सर्वाजनिक हुँदा विभागले सिफारिस गरेका बाहेक कुनै पनि खेलाडी त्यसमा मानपदवीको सुचीमा समावेश नहुनु अत्यन्तै दुःखद पक्ष हो । यसले खेलाडी र खेल क्षेत्रलाई हेर्ने सरकारको दृष्टीकोण फेरि एक पटक उजागर भएको छ ।’

संघले सरकारलाई सम्मान दिन सकिन्न भने खेलाडीलाई अपमान गर्ने अधिकार नभएकोमा जोड दिएको छ । यसलाई खेलाडी संघले गम्भिरतापूर्वक लिएको यहाँ उल्लेख भनेको छ, ‘आजको दिन खेल क्षेत्रले अपमान महसुस गरेको छ ।’

December 8, 2025

सागकी स्वर्ण पदक विजेता सन्तोषीको एकपछि अर्को कीर्तिमान

काठमाडौं (हाम्रो खेलकुद)- सन्तोषी श्रेष्ठले आइतवार भ्यालेन्सिया म्याराथन २०२५ मा महिला म्याराथनमा नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छिन्। ४२.१९५ किलोमिटर म्याराथन सन्तोषीले २ घन्टा ४० मिनेट २३ सेकेन्डमा पूरा गर्दै कीर्तिमान बनाएकी हुन् । उनले लण्डन म्याराथन राखेको २ घन्टा ४२ मिनेट ५० सेकेन्डको आफ्नै कीर्तिमान तोडेकी हुन्। लण्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन […]

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

Success

Thank you for your time.