default_image

5 years ago

September 30, 2020

शहिद धर्मभक्तको जगमा नेपालको शारीरिक सुगठन यात्रा

713 views

0 Bookmark

सितुप्रसाद श्रेष्ठ, बुटवल

शरीरको सन्तुलित विकास गर्न नियमित व्यायाम सन्तुलित भोजन सेवन र विश्रामको संयोजनको माध्यमबाट शरीरमा रहेका मांसपेशीहरु सुगठित गर्ने प्रक्रिया नै शारिरीक सुगठन हो ।

संगीतको तालमा सुगठित शरीरका मांसपेशीहरुलाइ कलात्मक ढंगमा प्रदर्शन गरिने खेल नै शारीरिक सुगठन खेल हो । १९ औं शताब्दिको सुरुवात तिर इंग्ल्यान्डमा जर्मनी नागरिक युजिन स्याण्डोले प्रारम्भ गरेको मानिएको यो खेलको नेपालमा भने यसको इतिहास धेरै लामो छैन ।

नेपालमा प्राचीन कालमा पतञ्जली, तरक जस्ता महार्षिहरुद्वारा प्रदत्त प्राणायम, योगाभ्यास र अखडामा मल्लयुद्ध (कुस्ती) गर्ने जस्ता प्रचलन रही आएको थियो ।

नेपालमा शारिरीक सुगठन खेलको विकासमा प्रजातन्त्रका सेनानी तथा अमर शहिद धर्मभक्त माथेमा पालादेखि सुरु भएको भन्ने इतिहास भेटिन्छ । विक्रम संवत १९९० को दशकमा नेपालमा राणा शासन चरम उत्कर्षमा थियो ।

त्यति बेला सर्वसाधारण युवाहरुलाइ खेलकुद लगायतका गतिविधिहरूमा लाग्ने अकल्पनिय थियो । उनीहरू अर्थ व्यवस्था, स्वास्थ्य र सामाजिक विकासको बारेमा ज्ञान प्राप्त गर्न प्रतिबन्धित थिए । यस्तो गतिविधिमा संलग्न रहेको जसकसैलाई कुनै ठोस प्रमाण विना समेत राज्यबाट दण्डित गरिन्थ्यो ।

प्रतिबन्धित अवस्थामा समेत केही युवाहरूले शरीरिक सुगठनका बारेमा चासो लिने थालेका थिए । ति युवाहरु मध्ये धर्मभक्तको नाम अग्रस्थानमा आउछ । धर्मभक्त नेपालका पहिलो शारीरिक सुगठनका खेलाडी थिए ।

१९९३ मा धर्मभक्तले भारतको बंगालबाट शारीरिक सुगठन प्रतियोगिता शरे बंगाल उपाधि जितेर स्वदेश फर्केका थिए । उनले नै नेपाली जनमानसलाइ डम्बेल र बारबेलको प्रयोगबाट शारीरिक सुगठन सम्बन्धि व्यायामसँग परिचित गराए ।

धर्मभक्तले काठमाडौं ओमबहालमा फुपु युगकुमारी रायको घरमा उनले जिमखाना खोले । त्यो नै नेपालको पहिलो जिमखाना थियो । जिमखाना खोल्नुअघि उनले जुद्धशमशेरबाट स्वीकृति लिनुपरेको थियो ।

त्यतिबेला जुद्धशमशेरले ‘भीडभाड नगर्नू’ भन्दै जिमखाना खोल्न स्वीकृति दिएका थिए । उनले काठमाडौं स्थित टुंडिखेलको खुला चौरमा धोडेजात्राको अबसरमा बलिष्ठ र मसलदार शरीरद्वारा पहिलोपटक शारीरिक सुगठन खेलको प्रदर्शनी गरेका थिए ।

धर्मभक्तको प्रदर्शनबाट प्रभावित भएर राजा त्रिभुवनले उनलाइ आफ्नो व्यायाम शिक्षकका रुपमा नियुक्त गरेका थिए । उनले स्वतन्त्रताको लागि राणा शासनको विरुद्ध संघर्ष गर्दै १९९७ मा देशका लागि शहादत प्राप्त गरे । उति बेला देखि नै धर्मभक्तको बाटो पछ्याउँदै युवाहरु शारीरिक ब्यायाममा लागेका थिए । यस खेल प्रति उनले पुर्याएको योगदानको कदर गर्दै उनलाइ नेपाली शारीरिक सुगठन पिता समेत मानिन्छ ।

२०१० सालमा द्वारिका दास श्रेष्ठले नेपाल युवक संघ मार्फत नेपालकै पहिलो सार्वजनिक शारीरिक सुगठन संस्था नेपाल व्यायाम मन्दिर स्थापना गरे । जसले शारीरिक सुगठनका अध्येता शहिद धर्मभक्तको शारीरक सुगठन प्रतिको लगाव र देशका लागि गरेको बलिदानको कदर गर्दै हरेक साल धर्मश्री अन्तर क्लब राष्ट्रिय शारीरिक सुगठन प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

नेपालमा वैधानिक मान्यता २०३० मा मिष्टर काठमाडौं उपाधिबाट शारिरीक सुगठन प्रतिगिताको आरम्भ भएको देखिन्छ ।

२०३८ सालमा नेपालमा शारिरीक सुगठन खेलले संस्थागत रुप लिएको थियो । २०४२ सालमा श्रीलंकाको कालोम्बोमा सम्पन्न २१औ एशियाली शारीरिक सुगठन प्रतियोगितामा नेपालबाट सरोज श्रेष्ठले पहिलो पटक अन्तराष्ट्रिय प्रतियोगितामा भाग लिएको इतिहास छ । त्यसपछि नेपाली खेलाडीले अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तरत भाग लिदैआएका छन् ।

२०५६ सालमा भारतको नासिकमा सम्पन्न प्रथम दक्षिण एशियाली शारीरिक सुगठन प्रतियोगितामा जीवन गिरी, संचित प्रधान र राजु दिवाकरले कास्य पदक जितेर नेपालको पदक यात्राको थालनी गरे । त्यस्तै सन् २०१० मा आयोजित दोस्रो विश्व बडि बिल्डिङ च्याम्पियनसिपमा श्याम श्रेष्ठले कास्य पदक जित्दै अन्तराष्ट्रिय स्तरमा नेपालको उपस्थिति झन बलियो हुँदै गयो ।

महेश्वर महर्जनले भुटानमा भएको ५० औँ एसियाली शारीरिक सुगठनको पुरूष ७५ केजी तौल समुहमा स्वर्ण जिते । महेश्वले नै २०१८ मा थाइल्याण्डको चाङमईमा भएको १० औं विश्व शारीरिक सुगठन तथा फिजिक स्पोट्र्स च्याम्पियनसिपमा सोही तौल समूहमा स्वर्ण पदक जित्दै एतिहास रचेका थिए ।

पछिल्ला अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली बडि बिल्डरहरु कमै अवसरमा मात्र रित्तो हात फर्केका छन् । प्रजातन्त्र स्थापनाका लागि शहिद बनेका धर्मभक्तले सुरु गरेको शारीरिक सुगठनको यात्राले नेपाललाई अन्तर्राष्ट्रिय मञ्चमा चिनाउने एउटा बलियो माध्यम बनेको छ ।

लेखक श्रेष्ठ रुपन्देही जिल्ला शारीरिक सुगठन संघका अध्यक्ष हन् ।

सम्पादकीय नोट : यदि तपाईंसँग पनि खेलकुदसँग समबन्धित लेख, रचनाहरु छन् भने हामीलाई इमेलमार्फत वा फेसबुकमा इनबक्समार्फत पठाउन सक्नुहुन्छ ।

December 6, 2025

भलिबल प्रशिक्षक राई झापामा १ लाखसहित सम्मानित

हिमाल खरेल, बिर्तामोड न्यु डायमन्ड क्लबका प्रशिक्षक कुमार राई झापामा १ लाख रुपैयाँसहित सम्मानित भएका छन् । झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको दौरान राईलाई सम्मान गरिएको हो । बिर्तामोड तथा अर्जुनधाराका विभिन्न व्यक्ति तथा व्यावसायिक प्रतिष्ठानहरुले राष्ट्रिय यु १९ महिला टोलीका प्रशिक्षक समेत रहेका राईलाई १ लाख रुपैयाँभन्दा बढी धनराशिसहित आज सम्मान […]

December 6, 2025

एपिएफ अर्जुनधारा महिला भलिबलको फाइनलमा

हिमाल खरेल, बिर्तामोड‌ नेपाल एपिएफ क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । आज भएको अन्तिम सेमिफाइनल खेलमा न्यु डायमन्ड क्लबलाई ३–१ को सेटमा पराजित गर्दै एपिएफ उपाधिनजिक पुगेको हो । प्रतिस्पर्धात्मक खेलमा एपिएफले पहिलो, दोस्रो र चौथो सेटमा न्यु डायमन्डलाई हराएको हो । एपिएफ २५–२२, २५–१६ ,२२-२५ र […]

December 6, 2025

अर्जुनधारा महिला भलिबलः पुलिस फाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको फाइनलमा पुगेको छ। आज भएको पहिलो सेमिफाइनल खेलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गर्दै पुलिस उपाधिनजिक पुगेको हो । पुलिसले आर्मीलाई २५-६, २५-१५ र २५-१७ को सोझो सेटमा हराएको हो । पुलिसले कम्तिमा १ लाख रुपैयाँ […]

Success

Thank you for your time.