5 years ago
October 9, 2020
काठमाडौं (हाम्रो खेलकुद)– १३ औं दक्षिण एसियाली खेलकुद (साग) की स्वर्ण पदक विजेता करातेकी सुनिता महर्जनलाई पुत्र लाभ भएको छ । थापाथलीस्थित प्रसुती गृहमा शुक्रबार दिउँसो १ः२० बजे छोरालाई जन्म दिएकी थिइन् ।

काठमाडौं बाफलका सुनिता र सुहिल महर्जनको जोडीको यो पहिलो सन्तान हो । उनीहरुको २०७३ सालमा विवाह भएको थियो । बच्चाको अवस्था सामान्य रहेको र आफुलाई भने केहि कठिन भएको सुनिताले बताइन् ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं सागको करातेमा ६८ केजी मूनीको तौल समूहमा सुनिताले स्वर्ण पदक जितेकी थिइन् । खेल जीवन र व्यक्तिगत जीवनमा सोचे जस्तै भएकोले अत्यन्तै खुसी लागेको बताइन् ।

‘स्वदेशमा साग आयोजना हुँदा स्वर्ण पदक जिते । ओलम्पिक छनोटमा पर्ने सम्भावना थिएन,’ उनले भनिन्, ‘त्यसपछि फेमेली प्लान थियो । विवाह भएको पनि लामो समय भइसकेको थियो । सोचे जस्तै भयो, खुसी छु ।’
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]
December 4, 2025
हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]