default_image

5 years ago

November 13, 2020

मण्डे, आयशा, सुवाससहित ७ खेलाडीलाई प्रतिभा पुरस्कार

311 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) दोहोरो स्वर्ण पदक विजेता ३ सहित ७ खेलाडी राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुने भएका छन् ।

मंसिरमा आयोजना भएको सागमा सबै भन्दा बढी पौडीकी गौरिका सिंहले ४ स्वर्ण पदक जितेकी थिइन्। करातेका मण्डेकाजी श्रेष्ठ, तेक्वान्दोकी आयशा शाक्य र गल्फका सुवास तामाङले समान २ स्वर्ण पदक जितेका थिए । फुटबल टोली र अन्य खेलाडीले पनि स्वर्ण पदक जितेका थिए ।

युवा तथा खेलकुद मन्त्रालयको वार्षिक कार्यक्रमअनुसार आवेदन आएमध्येबाट यो वर्ष ७ खेलाडीलाई सम्मान गर्न लागेको हो । त्यस्तै २ खेल प्रशिक्षक, २ खेल प्रायोजक तथा खेल संघ, निर्णायक र चिकित्सकबाट समान १ जनालाई सम्मान गर्न लागेको मन्त्रालयले शुक्रबार जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

राष्ट्रिय प्रतिभा पुरस्कारबाट सम्मानित हुनेमा मण्डेकाजी, आयशा, सुवाससहित साइक्लिङकी लक्ष्मी मगर, भारोत्तोलनका विकास थापा, एथलेटिक्सकी सन्तोषी श्रेष्ठ र शारीरिक सुगठनका समिर श्रेष्ठ छन् । लक्ष्मी, विकास र सन्तोषीले पनि १३ औं सागमा स्वर्ण पदक जितेका थिए ।


सम्मान पाउने प्रशिक्षकमा तेक्वान्दोका मुख्य प्रशिक्षक नवीनकुमार श्रेष्ठ र करातेका कुशल श्रेष्ठ छन् । दुवै आ आफ्नो खेलमा सागका प्रशिक्षक थिए । जुडोका धर्मकुमार श्रेष्ठले निर्णायकका तर्फबाट सम्मान पाउने भएका छन् ।

यस्तै संघबाट नेपाल गल्फ संघ, चिकित्सकतर्फ डाक्टर ज्ञानेन्द्र विक्रम शाह सम्मानित हुनेछन् । उनीहरुले नगदसहित सम्मान पाउनेछन् । खेलकुदको विकास र प्रवद्र्धनमा विभिन्न खेलहरुमा आर्थिक सहयोग गरी खेलाडीको मनोवल उच्च राख्न सहयो गरेकोमा काठमाडौं महानगरपालिका र कतार एयरवेज प्रायोजकका रुपमा सम्मान गरिने मन्त्रालयले जनाएको छ ।


२१ दिने सुचनामा २७ खेलाडी, १२ खेल प्रशिक्षक, ३ खेल निर्णायक, ४ खेल व्यवस्थापक र चिकित्सक, २ खेल संघ र विधा नखुलेका ४ वटा गरी जम्मा ५२ वटा आवेदनहरु परेको मन्त्रालयले जनाएको छ ।

९ सदस्य समितिले राष्ट्रिय खेलकुद प्रतिभा सम्मान कार्यविधिको अधिनमा रहि प्राप्त आवेदनको मूल्याकंन गर्दै उच्चतम अंक प्राप्त गर्नेलाई सम्मानका लागि सिफारिस गरेको थियो । सिफारिसका आधारमा शुक्रबार मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले जनाएको छ ।

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

December 4, 2025

अर्जुनधारा महिला भलिबल- एपिएफको दोस्रो जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लबले दोस्रो जित निकालेको छ । आज भएको पहिलो प्रतिस्पर्धात्मक खेलमा एपिएफले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३-१ सेटले पराजित गरेको हो । एपिएफ २५-१५,२२-२५,२५-१८,२५-१८ विजयी भएको हो । आर्मीले २२–२५ को सेट आफ्नो पक्षमा पारेको थियो । खेलको प्लेयर अफ द म्याच […]

December 3, 2025

अर्जुनधारा महिला भलिबल – एपिएफ र न्यु डायमन्ड विजयी

हिमाल खरेल, बिर्तामोड झापाको अर्जुनधारामा सुरु अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा एपिएफ क्लब र न्यु डायमन्ड क्लब विजयी भएका छन् । आज भएको उद्घाटन खेलमा एपिएफले एभरेस्ट लुम्बिनी क्लबलाई हराएको हो । एपिएफले एभरेस्ट लुम्बिनीलाई ३-० को सोझो सेटमा हराएको हो । एपिएफले ११-२५, १५-२५ र २२-२५ को सेटमा पराजित गरेको हो । एपिएफकी नेविका […]

Success

Thank you for your time.