default_image

5 years ago

December 5, 2020

नवौं राष्ट्रिय खेलकुद आयोजना – राखेप ‘पर्ख र हेर’को अवस्थामा

249 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– नवौं राष्ट्रिय खेलकुद आयोजनाका लागि राष्ट्रिय खेलकुद परिषद् (राखेप) पर्ख र हेरको नीतिमा रहेको सदस्य सचिव रमेशकुमार सिलवालले बताएका छन् ।

हरेक २ वर्षमा आयोजना हुने लक्ष्य राखिएको राष्ट्रिय खेलकुदको नवौं संस्करण यहि वर्षको फागुन २१ देखि २८ गते सम्म गण्डकी प्रदेशमा तय भएको थियो । तर, झन्डै ९ महिनादेखि कोभिड कोभिड १९ का कारण खेलकुद प्राय ठप्प रहेकाले तोकिएको मितिमा नवौं हुनेमा शंका बढेको छ ।

‘रोकियो भने कोभिड १९ का कारण रोकिन्छ । हाम्रा कारण रोकिने कुनै कारण छैन । राष्ट्रिय खेलकुद कोभिड १९ सर्ने ठाँउ पनि बन्न हुँदैन ,’ गत वर्ष आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाब सार्वजनिक गर्ने क्रममा आइतबार सदस्य सचिव सिलवालले भनेका थिए,‘ स्थिति सहज भयो भने तोकिएको मितिमा हुन्छ । हामी मंसिरको अन्तिम सातामा हुने नहुने जानकारी गराउनेछौं ।’

भौतिक पूर्वाधारका कारण भने नवौं राख्नुपर्ने अवस्था नरहेको सिलवालले प्रष्ट पारे । ‘भौतिक पूर्वाधारले नवौं रोकिन्न । पोखरामा दुई चिज पौडी पोखरी र शुटिङ रेन्जको अभाव हो,’ उनले थपे,‘ पौडी पोखरीको टेन्डर प्रक्रिया अघि बढाएका छौं । तर त्यो बनिसक्दैन । तर पनि पोखरामा अन्तर्राष्ट्रिय स्तरका पौडी पोखरी छन् ।’

शुटिङ रेन्जको हकमा भने प्राविधकको सल्लाह अनुसार गरिने सिलवालले बताए । ‘शुटिङ रेन्ज छ । तर त्यसमा नगर्ने कि भन्ने छ, उनले जोडे,‘ प्राविधिक टोलीले निरिक्षण गरेर ठीक छ भने गर्छौ र नत्र गर्दैर्छौ ।’

सिलवालले राष्ट्रिय खेलकुदका लागि कम्तीमा ३ महिनाको समय चाहिने योजना सुनाएका थिए । राष्ट्रिय खेलकुद जस्तो ठूलो प्रतियोगिता खेलाइस भन्दा खेलाइयो भन्ने खालको गर्न हुँदैन । कम्तीमा तीन महिना समय चाहिन्छ,’ उनले योजना सुनाए,‘ स्थानिय तहको प्रशिक्षण छनोटका लागि १५ दिन, जिल्लाका लागि १ महिना र प्रदेशका लागि १ महिना त्यसपछि मात्र राष्ट्रिय प्रतियोगिता गर्न उपयुक्त हुन्छ ।’

आठौं संस्करण लुम्बिनी प्रदेशमा २०७५/७६ मा आयोजना भएको थियो । जसमा ३५ खेल समावेश गरिएको थियो । शरदचन्द्र शाह राखेप सदस्य सचिव हुँदा २०३८ सालमा हरेक २ वर्षको फरकमा आयोजना गर्ने भन्दै राष्ट्रिय खेलकुदको सुरुवात भएको थियो ।

३ संस्करण नियमित रुपमा आयोजना भएपनि त्यसपछि भने वर्षो रोकिएका उदाहरण छन् । झन्डै ४ दशकको इतिहास बोकेको राष्ट्रिय खेलकुद अहिले सम्म आठ पटक मात्र आयोजना भएको थियो ।
नयाँ खेलाडी उत्पादन, उनीहरुलाई प्रतिस्पर्धाको अनुभव र भौतिक पूर्वाधार निर्माणका लागि आवश्यक देखिने राष्ट्रिय खेलकुदको पहिलो २०३८ (काठमाडौं), दोस्रो २०४० (पोखरा) र तेस्रो २०४२ (वीरगन्ज) सालमा आयोजना भएको थियो । चौथो संस्करणका लागि भने १३ वर्ष पर्खन परेको थियो । चौथो नेपालगन्जमा २०५५ सालमा भएको थियो ।

२०५८ मा पाँचौं आयोजनाको तयारी रहँदा तत्कालिन राजपरिवारको घटनाले स्थागित भएको थियो । त्यसपछि २०६५ सालमा पाँचौं संस्करण आयोजना भएको थियो । छैटौं २०६८ मा धनगढीमा र सातौं पूर्वाञ्चलमा २०७३ मा आयोजना भएको थियो ।

सुरुवाती ३ संस्करणमा राष्ट्रिय खेलकुदमा १४ अञ्चलका टोलीले भाग लिएका थिए । चौथोमा भने ५ विकास क्षेत्र, सेना र प्रहरी गरि ७ टोलीको सहभागिता थियो । पाँचौंमा ५ विकास क्षेत्र, सेना, प्रहरी, शसस्त्र, जनमुक्ती सेना गरि ९ टोली, छैटौंमा अघिल्लो संस्करणकामध्ये सेनाले भाग लिएन भने विश्व विद्यालय टोली थपिएको थियो ।

सातौंमा ५ विकास क्षेत्र र ३ विभागिय टोलीको सहभागिता रह्यो । आठौंमा भने ७ प्रदेश, ३ विभाग र एनआरएनए गरि १० टोलीको सहभागिता थियो । आठौंमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कास्य गरि २ सय ८९ पदकका साथ सेना च्याम्पियन बनेको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.