default_image

5 years ago

December 7, 2020

राई पहिलो नेपाली महिला भलिबल अन्तर्राष्ट्रिय रेफ्री

218 views

0 Bookmark


काठमाडौं (हाम्रो खेलकुद)– चन्द्रबदना राई नेपालबाट पहिलो अन्तर्राष्ट्रिय महिला भलिबल रेफ्री बनेकी छन् । फेडेरेसन अफ इन्टरनेसनल भलिबल (एफआइभिबी) ले राईलाई अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटबाट अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख छ ।

राई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा भएको एफआइभीबीको वेभसाइटमा उल्लेख भएपनि संघलाई आधिकारिक रुपमा पत्र आउन बाँकी रहेको नेपाल भलिबल संघका महासचिव जितेन्द्र बहादुर चन्दले बताए ।

यससँगै तीन जना नेपाली अन्तर्राष्ट्रिय रेफ्री भएका छन् । एक साताअघि मात्रै कुल बहादुर राना आधिकारिक अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा भएका थिए । यसअघि नेपालबाट गौतम लासिवामात्र एक्लो अन्तर्राष्ट्रिय भलिबल रेफ्री थिए ।

एफआइभिबीको बोर्डले नोभेम्बरको सुरुवातमै राना र राईलाई अन्तर्राष्ट्रिय भलिबल रेफ्रीमा बढुवा गरेको उल्लेख गरेको छ । राईले सन् २०१४ मा थाइल्यान्डमा एसियन च्यालेन्ज कपमा म्याच खेलाउनुको साथै कोर्स गरेकी थिइन् ।

अन्तर्राष्ट्रिय रेफ्रीमा बढुवा हुनका लागि एसियन गेम्स वा एसियन च्याम्पियनसिप अथवा एभीसीको कम्तीमा दुई आधिकारिक खेलहरु खेलाउनुपर्ने प्रावधान छ । अन्तर्राष्ट्रिय रेफ्री क्यान्डिडेटको अवधि पाँच वर्षसम्म हुने र ५ वर्षभित्र अन्तर्राष्ट्रिय रेफ्री बनिसक्नुपर्ने नभए खारेज हुने व्यवस्था छ ।

नेपालमा पुर्ण प्रसाद चौलागाईं, बिकास गुरुङ, टहल सिंह थापा र विजयी केसी गरी चार जना एसियन रेफ्री क्यान्डिडेट छन् । उनीहरुले अन्तर्राष्ट्रिय खेल खेलाउन पाउनेछन् ।

December 19, 2025

एनओसीबाट १४ खेलाडीलाई छात्रवृत्ति प्रदान

काठमाडौं (हाम्रो खेलकुद)- नेपाल ओलम्पिक कमिटी (एनओसी) ले एलए ओलम्पिक, एसियाली खेलकुद र युथ ओलम्पिकका गरि १४ खेलाडीलाई छात्रवृत्ति प्रदान गरेको छ। सन् २०२८ मा हुने एल‌ए ओलम्पिक‌का लागि विभिन्न ८ खेलका समान खेलाडीले छात्रवृत्ति प्राप्त गरेका छन्। एल‌ए ओलम्पिक‌सम्मका लागि तयारीका लागि मासिक १ हजार १ सय २५ अमेरिकी डलर प्राप्त गर्नेछन्। यसरी ओलम्पिक […]

December 18, 2025

ह्विलचेयर रग्बीमा बिआइए इन्स्टिच्युट विजयी

काठमाडाैं (हाम्रो खेलकुद)- आयोजक बिआइए इन्स्टिच्युटले पहिलोपटक आयोजना भएको ह्विलचेयर रग्बी मैत्रीपूर्ण प्रतियोगिताको उपाधि जितेको छ। बौद्धस्थित डाउनटाउनमा बिहीवार भएको खेलमा बिआइएले स्पाइनल इन्जरी संघ नेपाललाई ५-३ स्कोरले हराउँदै उपाधि हात पारेको हो। गोकर्णेश्वर नगरपालिका वडा नम्बर ५, नेपाल रग्बी संघ तथा नेपाल स्पाइनल कर्ड इन्जरी संघको सहयोगमा सम्पन्न यो प्रतियोगिता नेपालमा ह्विलचेयर रग्बी खेलको […]

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

Success

Thank you for your time.