default_image

5 years ago

December 9, 2020

नवौं राष्ट्रिय खेलकुद निर्धारित मितिमा नहुने !

179 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली खेलकुदको कुम्भमेला मानिने राष्ट्रिय खेलकुदको नवौं सस्करण निर्धारित मितिमा नहुने लगभग पक्का भएको छ ।

युवा तथा खेलकुद मन्त्री जगत बहादुर विश्वकर्मा (सुनार) ले फागुनमा गण्डकी प्रदेशमा हुने तय भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति राष्ट्रिय खेलकुद परिषद (राखेप) को बोर्ड बैठकमा तय गरिने बताएपछि नवौ निर्धारित मितिमा नहुने लगभग पक्का भएको हो । जब की राखेप बोर्ड बैंकको मिति अझै तय भएको छैन ।

नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन २१ देखि २८ गते सम्मका लागि तय भएको थियो । गत चैतदेखि कोरोनाले पारेको असर कहिलेसम्म रहन्छ, भन्न सकिने अवस्था छैन् । पुर्वाधारका हिसावमा गण्डक प्रदेश नवौ आयोजना गर्न तयार रहेपनि कोरानाकै कारण निर्धारित मितिमा नहुने भएको हो ।

१३ औं दक्षिण एसियाली खेलकुद (साग) को हिसाब सार्वजनिक गर्ने क्रममा मंसिर १४ गते राखेप सदस्य सचिव रमेशकुमार सिलवालले पूर्वाधारका कारण नवौं नरोकिने बताएका थिए । उनका अनुसार गण्डकीमा पौडी र सुटिङ रेन्ज मात्रै छैन ।

सिलवालले नवौंका विषयमा आयोजना गरिएको अन्तरक्रिया कार्यक्रममा बुधबार पुरानै भनाई दोहोराएका छन् । उनले स्थानिय तहमा खेलाडी छनोटको लागि १५ दिन, जिल्लामा १ महिना र प्रदेशमा १ महिनाको खेलाडी छनोटका लागि समय लाग्ने बताएका थिए । कम्तीमा ३ महिनाको समयको तयारी पछि मात्र राष्ट्रिय खेलकुद गर्न सकिने उनको तर्क थियो ।

कोरोना महामारीका कारण खेलाडीको छनोट सुरु हुनै सकेको छैन् । त्यसमाथि पुर्णत नपाएको राखेपको बोर्ड बैठक कहिले बस्ने त्यो पनि टुंगो छैन । राखेपले आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा मन्त्री विश्वकर्माले १३औं सागपछि १ बर्षको अवधिमा खेलकुदले धेरै कुरा गुमाएको बताउदै कोरोनाको परिबेश नभएको भए नवौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा आयोजना भइसकेका थिए । उनले भब्यताको कुनै कमि नरहने गरि नवौं राष्ट्रिय खेलकुद हुने र त्यसको लागि राखेपको आगामी बैठकले उपयुक्त मिति तोक्ने बताए ।

अन्र्तक्रिया कार्यक्रममा नवौं राष्ट्रिय खेलकुद २०७७ आयोजना तथा संचालन सम्बन्धी बिषयमा छलफल भएको थियो । त्यस्तै राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन तथा राष्ट्रिय संघको जिम्मेवारी दायित्व र खेल गतिविधि संचालन र सुचारु गर्ने सम्बन्धमा ३६ राष्ट्रिय संघबीच छलफल भएको थियो ।

सदस्य–सचिव सिलवालले खेलकुदलाई सामान्य अवस्थामा फर्काउने प्रयास भएको बताउदै ओलम्पिकमा समावेश हुने खेललगायत अन्य खेलहरुको पनि प्रशिक्षण शुरु भइसकेको बताएका छन् । नेपाल ओलम्पिक कमिटिका अध्यक्ष संसद जीवनराम श्रेष्ठले कोभिडका कारण नवौं राष्ट्रिय खेलकुद तोकिएको मितिमा हुन नसक्ने धारणा राखे ।

मुलुकको सबैभन्दा ठुलो खेल मेला २०३८ सालमा हरेक दुई वर्षमा आयोजना गर्नेगरी सुरुवात भएको थियो । तर पूर्वाधार अभाव र प्रर्याप्त तयारी अभावमा बृहत राष्ट्रिय खेलकुद आयोजनाको चारदशक नाघिसक्दा अहिलेसम्म आठ संस्करण मात्र भएको छ । २०७५–७६ मा भएको सातौबाट गण्डकी प्रदेशले आयोजनाको अधिकार दिइएको थियो ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.