default_image

5 years ago

December 23, 2020

करातेका प्रसाई ओली समूहको केन्द्रीय सदस्य मनोनित

184 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल कराते महासंघका सह महासचिव ओमकृष्ण प्रसाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहको केन्द्रीय सदस्यमा मनोनित भएका छन् ।


प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको ओली समूहको बैठकले ५ सय ५६ जना केन्द्रीय सदस्य थप गर्दा प्रसाई समेटिएका हुन् । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव रमेशकुमार सिलवाल पनि केन्द्रिय समितिमा मनोनित भएका थिए ।

ओली समूहको बैठकले थपिएका केन्द्रीय सदस्यसहित १ हजार १ सय ९९ सदस्यीय महाधिवेशन आयोजन समिति पनि बनाएको थियो । बैठकले २०७८ को मंसिर २ देखि ७ गते सम्म महाधिवेशन गर्ने निर्णय समेत गरेको थियो ।

मंगलबार नेकपाको प्रचण्ड र माधवकुमार नेपाल समूहको बैठकले ओलीलाई पार्टी अध्यक्षबाट हटाउने निर्णय गरेको थियो । सो समूहले नेपाललाई नयाँ अध्यक्ष चयन गरेको थियो ।

तीन दशक भन्दा लामो समयदेखि करातेमा सक्रिय ४४ वर्षे प्रसाईले नेकपा बागमती प्रदेश कमिटी सदस्य तथा खेलकुद विभाग प्रमुखको जिम्मेवारी निर्वाह गरेका थिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.