default_image

3 years ago

February 1, 2021

ललितपुरका मेयरसहित कराते प्रशिक्षक सम्मानित

काठमाडौं (हाम्रो खेलकुद)– कराते खेल विकासमा आ आफ्नो क्षेत्रबा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ३ व्यक्तित्वलाई नेपाल कराते महासंघ ललितपुरले सोमबार सम्मान गरेको छ । महासंघले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोल र नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका अध्यक्ष मनोजबहादुर न्याछ्योलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका […]

72 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– कराते खेल विकासमा आ आफ्नो क्षेत्रबा महत्वपूर्ण भूमिका निर्वाह गर्ने ३ व्यक्तित्वलाई नेपाल कराते महासंघ ललितपुरले सोमबार सम्मान गरेको छ ।

महासंघले ललितपुर महानगरपालिकाका मेयर चिरिबाबू महर्जन, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का करातेका मुख्य प्रशिक्षक हिरासिंह डंगोल र नेपाल उद्योग बाणिज्य महासंघ ललितपुरका अध्यक्ष मनोजबहादुर न्याछ्योलाई सम्मान गरेको हो । नेपाली कांग्रेसका ललितपुर जिल्ला सभापति एवंम संविधान सभा सदस्य मदनबहादुर आमात्यले तीनै जनलाई सम्मान पत्र प्रदान गरे ।

लगनखेल डोजोमा आयोजित कार्यक्रममा कराते विकासमा महानगरका तर्फबाट विशेष सहयोग हुँदै आएकोमा महर्जनलाई सम्मान गरिएको बताइएको छ । आठौं दक्षिण एसियाली खेलकुद (साग) सहित विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा राष्ट्रिय कराते टोलीको प्रशिक्षकको भूमिका निर्वाह गरेका डंगोललाई केहि साता अघि मात्र राखेपले मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । उनले करातेमा पुर्याएको योगदानका लागि सम्मान गरिएको बताइएको छ ।

त्यस्तो लगनखेल डोजोको प्रशिक्षक समेत रहिसकेका न्याछ्यो हालै मात्र ललितपुर उद्योग वाणिज्य महासंघको अध्यक्षमा निर्वाचित भएका थिए । सम्मान पछि मेयर महर्जनले आउने दिनमा पनि महानगरपालिकाले कराते खेल विकासका लागि सक्दो सहयोग गर्ने वचन दिए । करातेका मुख्य प्रशिक्षक डंगोलले करातेमा पनि एकेडेमी सुरु गर्न आवश्यकता रहेकोले आफूले राखेपमा सोहि अनुसार एकेडेमी सञ्चालनका लागि प्रस्ताव पेश गरेको जानकारी दिए ।

न्याछ्योले अहिले फरक क्षेत्रमा रहेपनि सधै कराते खेलाडी भन्नेमा गर्व लाग्ने र आफूले सकेको सहयो गर्ने वचन दिए । उनले सन् १९८९ मा सिंगापुरमा आयोजना भएको पाँचौं एसियन कराते च्याम्पियनसिपमा कास्य पदक जितेका थिए ।

सो अवसरमा नेपाली कांग्रेसको खेलकुद विभागका सचिव मीनकृष्ण महर्जन, राखेप सदस्य पुरेन्द्रविक्रम लाखे, पूर्व खेलाडी वीरेन्द्र महर्जन, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका सागको आठौं र नवौं सागका स्वर्ण पदक विजेता दीपकले श्रेष्ठले कराते विकासमा ललितपुर र लगनखेल डोजोको योगदानको चर्चा गरेका थिए ।

ललितपुर कराते महासंघका अध्यक्ष सानुलाल श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रमलाई आठौं सागका स्वर्ण पदक विजेता रवि महर्जन र लगनखेल डोजोका महासचिव विनोद महर्जनले सह संयोजन गरेका थिए ।

April 26, 2024

न्यु डायमण्डलाई हराउँदै एपिएफ फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल एपिएफ क्लब र नेपाल पुलिस क्लब सातौँ केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको उपाधिका लागि भिड्ने भएका छन्। शुक्रबार त्रिपेरेश्वरस्थित राष्ट्रिय खेलकुद कभर्डहलमा भएको दोस्रो खेलमा साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला भलिबल क्लबलाई ३–२ को सेटमा पराजित गर्दै एपीएफले फाइनलमा स्थान पक्का गरेको हो। साविक उपविजेता समेत रहेको […]

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

Success

Thank you for your time.