5 years ago
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद) – पौडीकी गौरिका सिंह र करातेका मन्देकाजी श्रेष्ठ एनएनआइपिए स्पोर्टस अवार्डको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार अवार्डको १५ औं संस्करणमा गौरिका र मन्दे सर्वोत्कृष्ट चुनिएका हुन् । वर्षका उत्कृष्ट २६ खेलाडी मध्येबाट महिला र पुरुष सर्वोत्कृष्ट खेलाडी, प्रतिभावान र राइजिङ प्लेयर अफ दि इयर घोषणा गरिएको थियो ।
२६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । सम्मानित अधिकांश खेलाडी गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) का पदक विजेता खेलाडी हुन् ।
सर्वोत्कष्ट घोषित सागकी चार ४ स्वर्ण पदक विजेता गौरिका र दोहोरो स्वर्ण पदक विजेता मन्देले ग्लोबल आइएमई बैंकबाट प्रायोजित समान १ लाख रुपैयाँ प्राप्त गरे । सागकी दोहोरो स्वर्ण पदक विजेता आयशा शाक्य र सागको स्वर्ण पदक विजेता फुटबल टोलीका कप्तान सुजल श्रेष्ठ प्रतिभावान खेलाडी घोषित भए । आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
यसपटक थप राइजिङ प्लेयर अफ दि इयर अवार्ड सागका दोहोरो स्वर्ण पदक विजेता गल्फका सुवास तामाङ र सागमा पहिलो पटक कुस्तीमा स्वर्ण पदक जित्ने संगिता धामीले प्राप्त गरे । सुवास र सगिताले स्काई फिटले प्रायोजन गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।
अघिल्लो वर्षभर गरेको प्रदर्शनको आधारमा सम्बन्धित राष्ट्रिय संघले गरेको सिफारिसका आधारमा विभिन्न खेलका खेलाडीलाई एनएनआईपिए बर्षको उत्कृष्ट खेलाडी अवार्डबाट सम्मानित गरिदै आएको छ । मध्यपुर थिमीको दुई पोखरीमा आयोजना भएको अवार्ड सबै खेलाडीले एनआइपिए र सम्बन्धित संघले संयुक्त रुपमा १० हजार रुपैयाँ प्राप्त गरे ।
करातेका वरिष्ठ प्रशिक्षक अकबर शाह गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भए । सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए । सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को प्रशिक्षकबाट अवकाश पाएको ३ वर्ष भएपनि उनी नियमित रुपमा लैनचोर डोजोमा प्रशिक्षण दिदै आएका छन् ।
अन्नपूर्ण पोष्टका समाचार सम्पादक रोशनसिंह राउत एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत भए । झन्डै ३ दशकदेखि पत्रकारितामा आबद्ध राउत दुई दशकदेखि खेल पत्रकारितामा सक्रिय छन् ।
मध्यपुर थिमी नगरपालिका सहआयोजक रहेको अवार्डमा केल्मी नेपाल, प्लाजा होटल ग्रुप, राष्ट्रिय खेलकुद परिषद्, नेपाल ओलम्पिक कमिटी, गजराज जोशी ट्रष्ट, ग्लोबल आइएमइ बैंक, श्रीनाथ कलेक्सन, राइका टुर्स एन्ड ट्राफल्स, स्काई फिट, आदर्शक समाज विकास केन्द्रको साथ रहेको एनआइपिएले जनाएको छ ।
एनएनआइपिए स्पोर्टस् अवार्डमा वर्षका उत्कृष्ट खेलाडी
गौरिका सिंह (पौडी)
मण्डेकाजी श्रेष्ठ (कराते)
सुजल श्रेष्ठ (फुटबल)
पुरुषोत्तम बज्राचार्य (टेबल टेनिस)
कल्पना परियार (सुटिङ)
कुलबहादुर थापा (भलिबल)
विकास थापा भारोत्तोलन (भारोत्तोलन)
प्रदीप खड्का (लन टेनिस)
रविना थापा (फेन्सिङ)
कल्पना ओली (ह्यान्डबल)
विपना ब्लोन (स्क्वास)
मिनु गुरुङ (बक्सिङ)
श्याम बुढाथोकी (खो खो)
रत्नजित तामाङ (ब्याडमिन्टन)
सोनी तामाङ (ट्राइथोलन)
अन्जली चन्द (क्रिकेट)
आयशा शाक्य (तेक्वान्दो)
सुवास तामाङ (गल्फ)
देविका खड्का (जुडो)
सनातन मल्ल (आर्चरी)
जुनी राई (उसु)
अनुशा मल्ल (बास्केटबल)
संगिता धामी (कुस्ती)
मेनुकाकुमारी राजभण्डारी (कबड्डी)
सन्तोषी श्रेष्ठ (एथलेटिक्स)
बुद्धिबहादुर तामाङ (साइक्लिङ)
पारा एथलेट – केशव थापा (टेबल टेनिस)
सर्वोत्कृष्ट खेलाडी
गौरिका सिंह (पौडी)
मन्देकाजी श्रेष्ठ (कराते)
प्रतिभावान खेलाडी
आयशा शाक्य (तेक्वान्दो)
सुजल श्रेष्ठ (फुटबल)
उदयीमान खेलाडी
सुवास तामाङ (गल्फ)
संगिता धामी (कुस्ती)
गजराज आदर्श खेल व्यक्तित्व
अकवर शाह (कराते)
एनएनआइपिए पत्रकारिता सम्मान
रोशन सिंह राउत (अन्नपूर्ण पोष्ट)
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]