5 years ago
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद)– तेक्वान्दोकी आयशा शाक्य र फुटबलका सुजल श्रेष्ठ एनएनआईपिए स्पोर्टस अवार्डअन्तर्गत प्रतिभावान खेलाडी घोषित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी (एनएनआइपिए) ले शनिबार मध्यपुर थिमीमा १५ औं स्पोर्टस अवार्ड आयोजना गर्दै आयशा र सुजललाई प्रतिभावान खेलाडी घोषित गरेको हो ।
गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा समावेश खेलका २६ खेलाडीलाई सम्बन्धित संघको सिफारिसमा उत्कृष्ट खेलाडीबाट सम्मानित गरेको हो । उत्कृष्ट खेलाडीको सुची यसअघि नै एनएनआइपिएले सार्वजनिक गरिसकेको थियो । तीनै उत्कृष्ट मध्येबाट प्रतिभावान खेलाडी छनोट गरिएको एनएनआइपिएले जनाएको छ ।

१३ औं सागमा आयशाले दुई वटा स्वर्ण पदक जितेकी थिइन् । त्यस्तै, उनले आठौं राष्ट्रिय खेलकुदमा भने कास्य पदक जितेकी थिइन् । राष्ट्रिय फुटबल टोलीको सदस्य समेत रहेका सुजलको कप्तानीमा फुटबल टोलीले सागमा स्वर्ण पदक जितेको थियो ।
पुसमा आयोजना भएको पल्सर स्पोर्टस अवार्डमा आयशा स्पेशल अवार्डबाट सम्मानित भएकी थिइन् । उनले युवा तथा खेलकुद मन्त्रालयबाट प्रतिभा पुरस्कार प्राप्त गरेकी थिइन् ।आयशा र र सुजनले युएसए एभरेष्ट तेक्वान्दोले प्रोजना गरेको समान ५० हजार रुपैयाँ प्राप्त गरे ।

एनएनआइपिएका मानार्थ अध्यक्ष दीपक विष्टको संयोजकत्वमा रहेको छनोट समितिले प्रतिभावान खेलाडीको छनोट गरेको थियो ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]