5 years ago
February 20, 2021
मध्यपुर (हाम्रो खेलकुद)– करातेका वरिष्ठ प्रशिक्षक अकबर शाह गजराज जोशी आदर्श खेल व्यक्तित्वबाट सम्मानित भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शनिबार मध्यपुर ठिमीमा स्पोर्टस अवार्डको १५ औं सस्करण आयोजना गर्दा शाहलाई खेल व्यक्तित्वबाट सम्मानित गरेको हो । खेल व्यक्तित्व सम्मान नेपालको पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिताको सहभागी टोलीका सदस्य स्वर्गिय गजराज जोशीका नाममा रहेको छ ।
सन् १९९९ मा स्वदेशमा आयोजना भएको आठौं सागका करातेका मुख्य प्रशिक्षक रहेका शाहले पटक पटक राष्ट्रिय कराते टोलीको सम्हालेका थिए । सागमा पहिलो पटक प्रवेश पाएको करातेले शाहको नेतृत्वमा १४ स्वर्ण पदक जित्दै इतिहास राखेको थियो ।
शाह १९९४ को १२ औं वल्र्ड च्याम्पियनसिप, १९९७ मा मनिलामा भएको करातेको छैंटौ विश्वकप, १९९८ बैंकक एशियन गेम्स, कोरियामा भएको १४ औं र १७ औं एसियाली खेलकुद र हङकङमा १२ औं एपीएसके च्याम्पियनसिपमा नेपाली टोलीको प्रशिक्षक थिए ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप)को मुख्य सहायक प्रशिक्षकबाट अवकाश पाएको ३ वर्ष भएपनि ६१ वर्षे शाह नियमित रुपमा लैनचोर डोजोमा केहि खेलाडीलाई प्रशिक्षण दिदै आएका छन् । कराते सिकाउन नपाउँदा आफू विरामी पर्ने भन्दै शाह भन्छन्, ‘नयाँ खेलाडी उत्पादन गर्दै देशका लागि पदक जिताउनु नै मेरो एक मात्र उद्देश्य हो ।’
करातेका पाँचौ डान शाहले २०४० सालमा पोखरामा आयोजित दोस्रो राष्ट्रिय खेलकुदमा खेलाडीका रुपमा कास्य पदक जितेका थिए । त्यस्तै सन् १९८९ मा उनले खेलाडीका रुपमा सिंगापुरमा आयोजना भएको पाँचौं एसियन च्याम्पियनसिपमा भाग लिएका थिए ।
कराते परिवारमा शाह मेहनती र अनुशासित प्रशिक्षकका रुपमा परिचित छन् । उनले राखेपमा करातेको मुख्य प्रशिक्षक पदकको प्रस्तावलाई समेत अस्वीकार गरेका थिए । काममा विश्वास गर्ने शाह पदका लागि लालायहित थिएनन् । करातेमा पछिल्लो समयको विवादले भने शाह निराश रहेपनि खेलाडीलाई तयार पार्नका लागि आफ्नो शरीरले साथ दिदा सम्म सक्रिय रहने बताउँछन् ।
December 11, 2025
काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]
December 9, 2025
हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]
December 9, 2025
काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]