default_image

5 years ago

February 20, 2021

राउतलाई एनएनआइपिए पत्रकारिता सम्मान

213 views

0 Bookmark

मध्यपुर (हाम्रो खेलकुद) – अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिकका समाचार संयोजक रोशन सिंह राउत एनएनआइपिए पत्रकारिता सम्मानबाट पुरस्कृत भएका छन् ।

राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघ (एनएनआइपिए) ले शनिबार मध्यपुर ठिमीमा स्पोर्टस अवार्डको १५ औं सस्करण आयोजना गर्दा राउतलाई पत्रकारिता सम्मान प्रदान गरेको हो । उनले सम्मान पत्रसहित २५ हजार रुपैयाँ प्राप्त गरे ।

झन्डै ३ दशकदेखि पत्रकारितामा सक्रिय राउत २ दशकयता अन्नपूर्ण पोष्टमा कार्यरत छन् । २०४८ मा सप्तरी जिल्लामा सगरमाथा आवाजमा संवाददाताका रुपमा राउतले पत्रकारिता सुरु गरेका थिए । २०५२ देखि २०५४ सम्म उनले श्री सगरमाथा र एभरेष्ट हेराल्र्ड राष्ट्रिय दैनिक मार्फत पत्रकारिता गरे ।

२०५३ देखि २०५४ सम्म राउतले रेडियो नेपालमा संवाददाताका रुपमा काम गरे । त्यस्तै उनले ४ वर्ष राष्ट्रिय समाचार समितिमा पनि काम गरे । त्यसपछि उनले स्पेश टाइम राष्ट्रिय दैनिकमा खेलकुद व्यूरो प्रमुखका रुपमा काम गरे । २०५९ सालमा खेलकुद व्यूरो प्रमुखका रुपमा अन्नपूर्ण पोष्टमा प्रवेश गरेका राउत अहिले समाचार संयोजकका रुपमा कार्यरत छन् ।

दुई दशक भन्दा लामो खेलकुद पत्रकारितामा राउतसँग थाइल्यान्डमा भएको एसियाली खेलकुद (सन् १९९८), बंगलादेश र काठमाडौ.मा आयोजना भएको दक्षिण एसियाली खेलकुद (साग) , बंगलादेशमा भएको यू १९ क्रिकेट विश्वकप, मलेसियामा भएको एसीसी ट्रफीलगायतका अन्तर्राष्ट्रियमा समाचार संकलन गरेको अनुभव छ ।

आम सञ्चार तथा पत्रकारितामा स्नात्तकोत्तर गरेका ४८ वर्षे राउत खेलकुद पत्रकारहरुको छाता संगठन नेपाल खेलकुद पत्रकार मञ्चका पूर्व उपाध्यक्ष समेत हुन् ।

December 11, 2025

दोलखा चेस होम्सलाई राष्ट्रिय टिम चेस उपाधि

काठमाडौं (हाम्रो खेलकुद) – दोलखा चेस होम्सले आठौं तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियनसिपको उपाधि  जितेको छ। ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा ललितपुर क्यास्पियन कलेजमा ५ दिन चलेको ७;चरणको राष्ट्रिय चेस टिम प्रतियोगितामा दोलखाले ६ खेलमा जित र १ मा हार बेहोरेको थियो। दोलखा १२ अंक प्रोग्रेसिभ २० प्वाइन्ट जोडेर च्याम्पियन बनेको हो। दोलखा जिल्ला […]

December 9, 2025

चौथो भोजपुर बासिखोरा रन अर्को महिना

हिमाल खरेल, बिर्तामोड भोजपुरको रामप्रसाद राई गाउँपालिकामा चौथो संस्करणको ‘बासिखोरा रन २०८२’ को तयारी सुरु गरिएको छ । प्रतियोगिता यही पुस १९ गते हुनेछ । आयोजक तीन सहिद खेलकुद विकास संस्थाका अनुसार प्रतियोगिता ४ विधामा हुनेछ । बासिखोरामा हुने प्रतियोगितामा पुरुष तथा महिला खुला, पुरुष तथा महिला अन्डर १८, पुरुष तथा महिला अन्डर १३ र […]

December 9, 2025

थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद )- विश्व शान्तिका अग्रदुत गौतम बुद्धको जन्मजयन्तीको अवसरमा थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने भएको छ । गौतम बुद्धको जन्मथलो लुम्बिनीको प्रचारप्रसार गर्ने हेतुले बैशाखको तेस्रो साता १० किमी र ५ किमी रेस आयोजना गर्न लागिएको हो । थाइल्याण्डस्थित नेपाली राजदुतावासको अगुवाईमा थाइल्याण्डमा कार्यरत विभिन्न संघसंस्था र सरोकारवालाबीच बृहत छलफलपश्चात हरेक बर्ष […]

Success

Thank you for your time.