5 years ago
February 20, 2021
काठमाडौं (हाम्रो खेलकुद) – कागेश्वरी तेक्वान्दो डोजाङले खेलकुद पत्रकार अञ्जन खड्का सम्मान गरेको छ । डोजाङको उद्घाटनका क्रममा शनिबार खेल पत्रकार खड्कालाई सम्मान गरिएको हो ।

नेप्लिज तेक्वान्दो एकेडेमी बाट हाल सम्म ब्ल्याक बेल्ट पहिलो, दोस्रो र तेस्रो डान लिने २२ खेलाडी र कोभिड १९ का क्रममा विभिन्न अन्तर्राष्ट्रिय अनलाई पुम्सेका पदक विजेता खेलाडीलाई सम्मान गरिएको थियो ।
सोही अवसरमा नेपाली तेक्वान्दो टोलीका कोरियाली प्रशिक्षक कान याङ दाललाई पनि सम्मान गरिएको थियो । काठमाडौं जिल्ला तेक्वान्दो संघका अध्यक्ष तथा अन्तर्राष्ट्रिय निर्णायक अशोक खड्काले सभापत्वि गरेको कार्यक्रममा मनोहरा नगरपालिकाका मेयर कृष्णहरी थापाले डोजाङको उद्घाटन गरेका थिए ।
December 5, 2025
काठमाडौं (हाम्रो खेलकुद)- राष्ट्रिय खेलकुद परिषद्ले सन्चालन गरेको मिसन २०२६ मा रहेका त्रिभुवन आर्मी क्लबकी गीता कठायत र नेपाल पुलिस क्लबका अभिषेक बरालले १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा स्वर्ण पदक जितेका छन् । सातदोबाटोस्थित नेपाल तेक्वान्दो संघको हलमा शुक्रवार भएको सिनियर महिलाको ५३ केजीमुनिको तौल समूहमा गीताले पहिलो स्थान प्राप्त गरेकी हुन्। गीताले फाइनलमा […]
December 5, 2025
हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]
December 5, 2025
हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]