default_image

3 years ago

February 24, 2021

किसुनजीको नाममा अर्को महिना हाफ म्याराथन हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले अर्को महिना पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ । संघका प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ […]

25 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल लोकतान्त्रिक खेलकुद संघ बागमती प्रदेशले अर्को महिना पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका नेता स्वर्गिय कृष्ण प्रसाद भट्टराई (किसुनजी) को नाममा महिला तथा पुरुष हाफ म्याराथन आयोजना गर्ने भएको छ ।

संघका प्रदेश संयोजक एवं केन्द्रिय सदस्य दीपक गुरुङले चैत्र २२ गते प्रथम किसुनजी स्मृती राष्ट्रिय महिला तथा पुरुष खुल्ला हाफ म्याराथन प्रतियोगिता २०७७ आयोजना गर्न लागिएको बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए ।

नेपाली राजनीति र नेपाली खेलकुदको क्षेत्रमा किसुनजीको योगदानलाई स्मरण गर्दै प्रतियोगिता आयोजना गर्न लागिएको गुरुङले बताए । भट्टराई प्रधानमन्त्री हुँदा नेपालले काठमाडौंमा आठौं दक्षिण एसियाली खेलकुद (साग) आयोजना गरेको थियो । त्यति बेला नेपाल पहिलो पटक पदक तालिकाको दोस्रो स्थानमा रहन सफल भएको थियो ।

प्रतियोगितालाई भविष्यमा अन्तराष्ट्रिय स्तरको प्रतियोगिताको रुपमा रुपान्तरित गर्दै लक्ष्य रहेको बताए । संघले नयाँ खेलाडी उत्पादन, खेलकुदको व्यसायिकरण र सन्यासपछिको सहज जीवनका लागि आउने दिनमा सम्बन्धित निकायमा पहल गर्ने पनि गुरुङले बताए ।

म्याराथनका महिला र पुरुषतफृका दुवै विजेताले उपाधिसहित २५ हजार, दोस्रोले १५ हजार, तेस्रोले १० हजार तथा चौथो र पाँचौंले समान ५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । संघको प्रचारका लागि पनि तत्काल हाफ म्याराथनको आयोजना गरिएको जनाउँदै संयोजक गुरुङले भविष्यमा अन्य प्रतियोगिता पनि आयोजना गर्ने योजना रहेको सुनाए ।

म्याराथन काठमाण्डौ क्षेत्र नं. ४ गोल्फुटारस्थित बास्केटबल कोर्टबाट सुरु हुँदै धुम्बाराही चोक, चावहिल, गौशाला, रातोपुल, ज्ञानेश्वर, कमलपोखरी, जयनेपाल हल, दरवारमार्ग, केशरमहल, लैनचौर, लाजिम्पाट, पानीपोखरी, नारायणगोपाल चोक, बुढानिलकण्ठ प्रहरी बिट हुँदै पुनः सोहिस्थानमा पुगेर टुंगिने तय भएको जानकारी दिइयो ।

नेपाल एथलेटिक्स संघका सचिव एवंम प्रतियोगिताका निर्देशक आरके विष्टले हाफ म्याराथन कमै आयोजना भइरहेको सन्दर्भमा यसरी प्रतियोगिता आयोजना हुनु सुखद भएको बताए । संयोजक गुरुङले प्रतियोगितामा ८० खेलाडीको सहभागिता रहने अनुमान गरिएको बताए ।

April 26, 2024

आर्मीलाई हराउँदै पुलिस फाइनलमा

काठमाडौं (हाम्रो खेलकुद) – विभागीय डर्वी भिडन्तमा त्रिभुवन आर्मी क्लबलाई पराजित गर्दै नेपाल पुलिस क्लब सातौं केएनपी नेरोलेक राष्ट्रिय महिला भलिबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । राउन्ड रोविन लिगको अन्तिम खेलमा आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले फाइनलमा स्थान सुरक्षित गरेको हो । पहिलो खेल गुमाएको पुलिसले त्यसपछि दोस्रो खेलमा चन्द्रागिरि नगरपालिका न्यु […]

April 26, 2024

एपिएफ र न्यु डायमण्ड खेल्दै

काठमाडौं (हाम्रो खेलकुद )- केएनपी नेरोलेक सातौ राष्ट्रिय महिला भलिबल प्रतियोगिताको तेस्रो दिन शुक्रबार लिग चरणका अन्तिम दुई हुँदैछन्। नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच पहिलो खेल दिउँसो १ः०० बजे सुरु हुनेछ। साविक विजेता चन्द्रागिरी नगरपालिका न्यु डायमण्ड महिला टिम र एपिएफबीच ३:०० बजे खेल हुनेछ। पुलिसले बिहीबार न्यु डायमण्डलाई हराएपछि प्रतियोगिता रोचक बनेको […]

April 25, 2024

भुवनको एकल अग्रता

काठमाडौं (हाम्रो खेलकुद)- भुवन नगरकोटी समग्रमा ७-अन्डर १ सय ९७ सहित ६ स्ट्रोकको अग्रता सहित सूर्य नेपाल काठमाडौं ओपनको तेस्रो दिन शीर्षस्थानमा रहेका छन्। आज भुवनले ५-अन्डर ६३ को उत्कृष्ट प्रदर्शन गर्दा दिनेश प्रजापतिलाई ६ स्ट्रोकले पछि पार्दै एकल अग्रता सहित उपाधि जित्ने संभावनालाई बलियो बनाएका छन्। भुवनले उत्कृष्ट दिनको सुरूवात सानदार गरे।‌ पहिलो, दोस्रो, […]

Success

Thank you for your time.