default_image

5 years ago

February 28, 2021

प्रधानमन्त्री ओलीले पोखरा रंगशालाको निरक्षण गर्ने !

202 views

0 Bookmark

विजय नेपाली, पोखरा
गत वर्ष १३ औ दक्षिण एसियाली खेलकुद (साग) का कारण पोखरा रंगशालामा पूर्ननिर्माण गरिएको थियो । पूर्ण रुपमा निर्माण सम्पन्न नभएपनि सागको महिला फुटबल त्यहि रंगशालामा आयोजना भएको थियो ।


पोखरामा १३ औं सागका विभिन्न ७ खेल आयोजना भएका थिए । सागका लागि पूर्वाधार मर्मतसहित नयाँ सिट जडान गर्ने काम भयो । तर, निर्मार्णले पूर्णता भने पाएको थिएन । अहिले रकम विनियोजन नहुँदा रंगशाला पूर्न निर्माण सुस्ताएको छ ।

देशकै सर्वाधिक दर्शक क्षमताको रंगशाला (२० हजार दर्शक क्षमता) को काम बजेट अभावकै कारण अघि बढ्न सकेको छैन । यसै वर्ष पोखराले नवौं राष्ट्रिय खेलकुद आयोजना गर्नुपर्ने तय थियो ।

तर कोराना महामारीका कारण फागुनका लागि तय नवौं राष्ट्रिय खेलकुद हुन सकेन । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिवले २०७८ भित्र नवौं राष्ट्रिय खेलकुद आयोजना हुने बताएका छन् । यद्दपी मिति घोषण भने भएको छैन ।

पोखरामा सुटिङ रेन्ज , पौडी पोखरी लगायतका पूर्वाधारका लागि अझै रकम विनियोजन भएको छैन । बजेट अभावकै कारण पूर्वाधार निमार्णका काम अघि नबढ्दा प्रधानमन्त्री केपी शर्मा ओलीलाई पोखरा रंगशाला भ्रमण गराउने तयारी भइरहेको छ ।

नेपाल कम्यनिष्ट पार्टी (नेकपा) को आफ्नो समूहको आमसभालाई सम्बोधन गर्न पाखेरा आउन लागेका प्रधानमन्त्री ओलीलाई रंगशाला निरिक्षण गराउन लागिएको हो ।

प्रधानमन्त्री ओली आउने भएपछि आइतबार गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ, राखेप सदस्य सचिव सिलवाल, राखेप सदस्य राजेश गुरुङ, क्षेत्रीय खेलकुद विकास समितिका पदाधीकारी, जिल्ला खेलकुद संघका पदाधिकारीले रंगशालाको अनुगमन समेत गरेका छन् ।

पूर्वाधार विकासका लागि छिटो भन्दा छिटो रकम विनियोजन गर्नका लागि प्रधानमन्त्रीलाई रंगशाला भ्रमण गराउन लागिएको राखेप सदस्य गुरुङले बताए । ‘रंगशालामा पूर्वाधार बजेट अभावका कारण अघि बढ्न सकेको छैन । प्रधामन्त्रीलाई नै ल्याएर देखाउन सकियो भने बजेट छिटो आउँछ की भन्ने नै हो’ गुरुङले भने ।

प्रधामन्त्री अवलोकनका लागि आउने भएपछि मुख्यमन्त्रीसहितको टोली सुरक्षा प्रबन्ध र के कति काम भयो भन्ने विषयमा छलफल गर्न लागि पोखरा रंगशाला पुगेका हुन । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका कार्यालय प्रमुख लक्ष्मण प्रसाद योगीले रंगशाला सुरक्षा व्यवस्थाका लागि प्रदेश सरकार, राखेप र खेल संघहरुले निरीक्षण तथा स्वागत तयारीका लागि आएको बताए । प्रधानमन्त्री आउने भएपछि सुरक्षा व्यवस्था मिलाउन छलफल चलिरहेको योगीले जानकारी दिए ।

December 5, 2025

पुलिस अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल,बिर्तामोड नेपाल पुलिस क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा कोशी प्रदेश भलिबल संघलाई ३-० को सोझो सेटमा पराजित गर्दै पुलिस अन्तिम चारमा पुगेको हो । पुलिस समूह विजेता भएको छ । पुलिस १६–२५, १७–२५ र ११–२५ को सोझो सेटमा […]

December 5, 2025

आर्मी अर्जुनधारा महिला भलिबलको सेमिफाइनलमा

हिमाल खरेल, बिर्तामोड त्रिभुवन आर्मी क्लब झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको समूह चरणको आफ्नो अन्तिम खेलमा एभरेस्ट लुम्बिनी क्लबलाई ३-० को सोझो सेटमा पराजित गर्दै आर्मी अन्तिम चारमा पुगेको हो । आर्मी समूह उपविजेता भएको छ । आर्मीले २१–२५, १८–२५ र १०–२५ को सोझो सेटमा […]

December 4, 2025

अर्जुनधारा महिला भलिबलमा पुलिसको जित

हिमाल खरेल,बिर्तामोड झापाको अर्जुनधारामा जारी अर्जुनधारा खुला महिला भलिबल प्रतियोगितामा नेपाल पुलिस क्लब विजयी भएको छ । आजको दोस्रो खेलमा पुलिसले न्यु डायमन्ड क्लबलाई न्यु डायमन्ड क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको हो । पुलिसले २५-१९,२५-१४,२५-१७ को सोझो सेटमा विजयी भएको हो । पुलिसकी रिमा कुँवर प्लेयर अफ दि म्याच घोषित भइन् । उनलाई […]

Success

Thank you for your time.